
|
|
दुनियामा केही यस्ता घटना हुन्छन् जसले विज्ञानलाई नै चुनौति दिन्छन् । आजभन्दा ठ्याक्कैै ७० वर्ष पहिले यस्तै घटना भएको थियो ।
सेप्टेम्बर १०, १९४५ मा भएको त्यो घटनाले विश्वभरका जीव वैज्ञानिक मात्र होइन सुन्ने जो सुकैलाई पनि आश्चर्यमा पारेको थियो । अमेरिकाका फ्रुटा कोलोराडोमा एउटा शिर काटिएको मुर्कट्टा भाले १८ महिनासम्म जिउँदै रहेर सबैलाई चकित पारिदियो ।
कुखुरा पालक किसान लोयल अल्सन तथा उनकी पत्नी क्लाराले मासुका लागि कुखुरा काटिरहेका थिए । उनीहरुले एकैदिन झण्डै ४०, ५० वटा कुखुरा काटे । अरु सबै कुखुरा टाउको छिनालिदिने बित्तिकै मरिहाले तर एउटा कुकुरा भने मरेन । त्यो कुखुराको टाउको छिनिसकेको थियो तर ऊ मुर्कट्टा अवस्थामै मज्जाले दौडिरहेको थियो । टाउको विना नै त्यो कुखुरा १८ महिनासम्म बाँच्यो ।
काट्दाको दिन कुखुरा टाउको विनै पनि नमरेर दौडेको देखेपछि ती दम्पती आत्तिए । मरिहाल्ला नि भनेर उनीहरुले उक्त कुखुरालाई समातेर एउटा बाकसमा थुनेर राखे । भोलिपल्ट बाकस खोलेर हेर्दा त कुखुरा जिउँदै । उनीहरु झनै आश्चर्यचकित भए । अल्सनले उक्त मुर्कट्टा भालेको नाम माइक राखिदिए ।
टाउको नभएको कुखुरा नमरेपछि अल्सनलाई दया जाग्यो । उनले त्यो कुखुरालाई खाना तथा पानी खुवाउन थाले । त्यसका लागि उनले घाँटीमा छिनालिएको भोजन नलीबाट झोल खानेकुरा तथा पानी हालिदिन थाले । त्यसरी हालिदिएका खाना तथा पानी कुखुराको पेटसम्म पुग्थे ।
तर १८ महिनापछि एकदिन उक्त कुखुरा मर्यो । अघिल्लो दिन अल्सनले खाना तथा पानी खुवाउन भुलेका कारण त्यो मरेको भनियो । जे होस्, यो कुखुराले त्यो समयमा खुबै चर्चा पाएको थियो र त्यो बाँच्नुको कारण अहिलेसम्म पनि पत्ता लागेको छैन ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

