
|
|
साउदी अरबको पवित्र शहर मक्कामा हजका क्रममा भागदौड हुँदा २ सय २० जना बढीको मृत्यु भएको छ ।
सैतानको प्रतिमूर्तिलार्इ ढुंगा बर्साउने क्रममा बिहीबार भएको भागदौडका क्रममा ४ सय ५० जना बढी हजयात्री घाइते भएका छ्न् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार मक्काको मीनामा सैतानलार्इ ढुंगा हान्ने रित पुरा गर्ने क्रममा भागदौड मच्चिएको थियो ।
केही दिनअघि पनि मक्कामा अल(हरम मस्जिदमाथि क्रेन खस्दा भएको दुर्घटनामा कम्तिमा एक सय जनाको ज्यान गएको थियो ।
सन् २००६ को जनवरी १२ मा सैतानलार्इ ढुंगा हान्दा भएको भागदौडका क्रममा ४ सय जनाको मृत्यु भएको थियो ।
मुस्लिम धर्मावलम्बीले विश्वास गरेअनुसार मक्काको बाहरी भागमा सैतानलार्इ ढुंगा हान्ने चलन छ ।
मक्कामा ढुंगा हान्नुलार्इ सैतानको विरोधको प्रतिककारुपमा लिइन्छ । सैतानको प्रतिकका रुपमा रहेका तीनवटा विशाल खम्बा ठड्याइएको हुन्छ ।
यही स्थानका ती खम्बामा हजयात्री ढुंगा जम्मा गरेर बर्साउँछन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

