Home » » चित्रबहादुर के सीले दिए सात प्रदेशको नाम

चित्रबहादुर के सीले दिए सात प्रदेशको नाम

बागलुङ, २४ भाद्र/संघीयताको विरोधमा रहेको राष्ट्रिय जनमोर्चाले प्रदेशको नामांकनसहित संसोधन प्रस्ताव राखेको छ । बागलुङ गृह जिल्ला भएका जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसी, सभाषदहरु मिना पुन र दुर्गा पौडेलले सयुंक्त र छुट्टाछुट्टै संशोधन प्रस्ताव राख्दै मस्यौदामा उल्लेख भएका ७ वटा प्रदेशको नाम प्रस्ताव गरेको हो ।

संघ शब्द हटाई केन्द्र राख्ने र प्रदेशको सट्टामा स्थानीय स्वायत्त शासनका जिल्ला र स्थानीय तह राख्ने प्रस्ताव गरेको राष्ट्रिय जनमोर्चाले प्रस्ताव गरिएका ७ प्रदेशको नाम पनि दिएको छ ।
प्रदेश नं. १ को सट्टामा कोशी प्रदेश प्रस्ताव गरिएको छ । जसमा ताप्लेजुङ, पाचथर, इलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, तेह्रथुम, धनकुटा र भोजपुर रहेका छन् ।
प्रदेश नं. २ को सट्टामा सगरमाथा प्रदेश राख्ने र त्यसमा खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, दोलखा, रामेछाप र सिन्धुली रहनेछन् ।
प्रदेश नं. ३ को सट्टामा बाग्मती प्रदेश राख्ने प्रस्ताव गरिएको छ । जसमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, बारा, पर्सा र रौतहट रहनेछन् ।
प्रदेश नं. ४ को सट्टामा गण्डकी प्रदेश राखेर गोर्खा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी र बाग्लुङ प्रस्ताव गरिएको छ ।
प्रदेश नं. ५ को सट्टामा लुम्बिनी प्रदेश र जसमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाची, गुल्मी, रुकुम, रोल्पा, प्यूठान, सल्यान र दाङ रहने जनमोर्चाले जनाएको छ ।
प्रदेश नं. ६ को सट्टामा कर्णाली प्रदेश राख्ने प्रस्ताव छ । जसमा हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाके र बर्दिया रहनेछ ।
प्रदेश नं. ७ को सट्टामा महाकाली प्रदेश जिल्लाहरु कैलाली, कन्चनपुर, डोटी, डडेलधुार, बझाङ, बाजुरा, अछाम, बैतडी र दार्चुला रहनेछ ।
संविधानसभामा संविधानको बुधवार भएको दफावार छलफलमा आफ्नो संशोधनमाथि बोल्दै अध्यक्ष चित्रवहादुर केसीले संसारबाटै लोप हुन लागेको र नेपालमा मात्रै पाइने गैंडालाई राष्ट्रिय जनावर बनाउने आफ्नो प्रस्ताव रहेको बताए । ‘गाई नराम्रो होइन, तर यो कसैले काटेर खान्छन्, कुनै धर्म विशेषले पुँंजा गर्छन् भने कसैको चुनाव चिन्ह पनि गाई छ, त्यसकारण गैडा उचित हो’ अध्यक्ष केसीले भने ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}