Home » » हिमचतुवाको आक्रमणबाट ९७ खसी बाख्रा मारिदा १२ लाख नोक्सान !

हिमचतुवाको आक्रमणबाट ९७ खसी बाख्रा मारिदा १२ लाख नोक्सान !

केशव विश्वकर्मा, मुस्ताङ, २०७२ भदौ २१ । हिउँचितुवाको आक्रमणबाट ९७ चौपाँया मारिदा यहाँका एक किसान चिन्तामा परेका छन् । उपल्लो मुस्ताङको चराङ गाविस १ का स्थानिय पेमा घोन्टेङ गुरुङको भेडी गोठमा भदौ १९ गते बेलुका हिउँ चितुवाको आक्रमणबाट चौपाँया मरेपछि गुरुङ चिन्तामा परेका हुन् ।

चितुवाको आक्रमण बाट ४५ वटा बाख्री र ५२ वटा खसी मारिदा १२ लाख भन्दा बढिको क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक अर्जुन कुमार श्रेष्ठले जानकारी दिए ।

बेलुकी चौपायालाई पर्खाल भित्र हुली आफु सुतेको अवस्थामा चितुवाले प्रति खसी १६ हजार र प्रति बाख्री ८ हजार मुल्य बराबरको चौपाँया मारेको पीडित गुरुङको भनाई छ ।

घटनाको सुचना पश्चात ईलाका प्रहरी कार्यालय लोमान्थाङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लोमान्थाङको टोली घटना स्थल तर्फ गई क्षतिको विवरण संकलन गरेको थियो ।
Source: Dhaulashree

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}