Home » » निजामती सेवा दिवस : कर्मचारी र राजनैतिक दल बिच मैत्रीपूर्ण फुटबल !

निजामती सेवा दिवस : कर्मचारी र राजनैतिक दल बिच मैत्रीपूर्ण फुटबल !

केशव विश्वकर्मा, मुस्ताङ २०७२ भदौ २१ । निजामती सेवा दिवस २०७२ को अवसरमा सोमबार जोमसोम स्थित खुल्ला मञ्चमा निजामति कर्मचारी र राजनैतिक दल बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।

उक्त खेलमा निजामति कर्मचारीको समुहले राजनैतिक दलको समुहलाई चारको विरुद्ध दश गोल गर्दै बिजयी भएको छ । कर्मचारीको समुहले पहिलो हाफमा ४ गोल र दोस्रो हाफमा ६ गोल गर्दै प्रतियोगितामा बिजय हासिल गरेको हो ।

कर्मचारीको तर्फदेखि प्रमुख जिल्ला अधिकारी नरहरी बराल, भिमदल गण मुस्ताङका कर्णेल अर्जुन बस्नेत, प्रहरी नायव उपरिक्षक अर्जुन कुमार श्रेष्ठ, शशस्त्रका प्रहरी नायव उपरिक्षक दिल प्रसाद भट्ट लगायत कार्यालय प्रमुख तथा प्रतिनिधि र सुरक्षा अधिकारीहरु खेलमा सहभागि भएका थिए ।

यसैगरी राजनैतिक दलको तर्फदेखि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायतका दलका प्रतिनिधिहरुले खेलमा सहभागिता जनाएका थिए ।

निजामति कर्मचारी संघ जिल्ला मूल समारोह तथा कर्मचारी क्लव मुस्ताङले निजामति दिवसको अवसरमा पूर्व घोषित कार्यक्रम अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता र ब्याडमिन्टन प्रतियोगिता पनि सम्पन्न गरिसकेको छ ।

मंगलवार देशभरि मनाउन लागिएको निजामति दिवसको अवसरमा जोमसोम बजारको सरसफाई गर्ने कार्यक्रम रहेको क्लवले जनाएको छ ।
Source: Dhaulashree

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}