
|
|
राम सुवेदी, बुर्तिवाङ, बागलुङ, २०७२ भदौ २१ । बागलुङ जिल्लालाई अखण्ड राख्नुपर्ने माग सहित बुर्तिबाङदेखि काठमाडौ पुगेको डेलिगेशन टोलीले आज प्रधानमन्त्री सुशिल कोइराला र नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई भेटेको छ ।
धीर प्रताप सिंहको संयोजकत्वमा बुर्तिबाङदेखि हिडेको टोलीसँगै, बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासदहरु सहित आज नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री कोइरालालाई भेटेको हो ।
भेटकाक्रममा कोइरालाले, आफूहरुले बागलुङलाई टुक्र्याउने कुनै कारण नरहेको भन्दै त्यसलाई संशोधन प्रस्ताव मार्फत सच्याउन तीन दलले संयुक्तरुपमा साझा प्रस्ताव राखेकाले ढुक्क रहन आग्रह गरेका थिए ।
यस्तै टोलीले आजै नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई पनि भेटेको छ । भेटमा ओलीले बागलुङ जिल्लालाई विभाजन गर्नु गल्ती भएको महसूस गरि त्यसलाई सच्याउन लागेको बताएका थिए ।
तीन दलले संयुक्त साझा प्रस्ताव मार्फत सशोेधन गरि सिंगो बागलुङलाई ४ नं. प्रदेशमा राख्ने सहमति गरेका छौं भन्दै ओलीले टोलीलाई यस विषयमा निसंकोच रहन आग्रह गरेको टोलीका सदस्य नरहरी भुसालले बताए ।
प्रतिनिधी मण्डलले हिजै काँग्रेसका नेता शेरबहादुर देउवा र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई भेटिसकेको जनाएको छ ।
Source: Dhaulashree
Source: Dhaulashree

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

