
|
|
आउनुहोस्, आज हामी तपाईंलाई मानिसहरुको आँखाको रङबाट मानिसको व्यक्तित्व बारे जानकारी लिऔंः
खैरो आँखाः
अन्य रंगको तुलनामा सबैभन्दा सामान्य रुपमा पाइने रङ हो यो । खैरो रङ भएका मानिसहरुको स्वभाव निकै राम्रो हुन्छ भने उनीहरु स्नेही1 हुने गर्दछन् । यस्ता मानिसहरु आकर्षित गर्ने किसिमका र घरभन्दा बाहिर रमाउने हुन्छन् । यी व्यक्तिहरु आफूले जे चाहन्छन् त्यो कुरा पाएरै छाड्छन् अर्थात् उनीहरु दृढ निश्चयी हुन्छन् । यस्ता व्यक्तिहरु पैसाको पछाडि लाग्दैनन् र साथीहरु बनाउनु पर्ने कुरामा विश्वास राख्छन् ।
खरानी रङको आँखाः
यस प्रकारका मानिस शान्त, बुद्धिमान र संगठित व्यक्तित्वका हुने गर्दछन् । उनीहरु आफैंमा हराउने किसिमका हुन्छन् तर 2निकै बफादार हुन्छन् । सादा बिचारधाराका यी व्यक्तिहरु भित्रैबाट बलियो र तर्कसंगत बिचार भएका हुन्छन् भने कुशल नेतृत्व गर्ने क्षमता राख्दछन् ।
कालो आँखाः
कालो आँखा भएका मानिसहरु भेट्न निकै कठिन हुन्छ । यस्ता मानिसहरु रहस्य राख्ने किसिमका र भावुक हुने गर्दछन् । यी मानिसहरुले अरुलाई झट्ट विश्वास गर्दैनन् तर साथीहरुका लागि आफ्नो ज्यान नै दिन तयार हुन्छन् । उनीहरु थोरै धैर्यहीन हुन्छन् तर निकै आशावादी हुने गर्दछन् । यस्ता मानिसहरु सबैभन्दा विश्वासीला मानिन्छन् ।
हरियो आँखाः
आँखाको रङमा सबैभन्दा रुचाइने रङ हो यो । यस्ता मानिसहरु वुद्धिमान र स्वचालित हुन्छन् । सम्बन्धको विषयमा उनीहरु निकै भावुक हुने4 गर्दछन् । साथीहरुमाझ उनीहरुलाई हाँस्न र बोल्न मनपर्छ । उनीहरुको सेन्स अफ ह्युमर निकै राम्रो हुन्छ ।
उनीहरु आफ्नो जीवन निकै निष्फिक्री रुपमा व्यतित गर्न चाहन्छन् तर उनीहरु थोरै इष्र्यालु स्वभावका हुन्छन् ।
निलो आँखाः
निसन्देह संसारभरी अत्यधिक रुचाइने आँखाको रङ निलो हो । निलो आँखा भएका मानिसहरु सुन्दर, दयालु र स्मार्ट हुन्छन् । मानिसहरुलाई आवश्यक परेको बेला सहयोग गर्न उनीहरु सधैं तत्पर हुने गर्दछन् । उनीहरु आकर्षक र फ्रेन्डली नभएपनि मानिसहरु उनीहरुलाई निकै रुचाउँछन् ।
हल्का खैरो आँखाः
आँखाको नानी हल्का खैरो भएका मानिसहरु रहस्मयी र स्वतन्त्र बिचारधाराका हुन्छन् । यस्ता मानिसहरु शिष्ट, दयालु, मृदुभाषी, आनन्दित र अनेक चरित्र विशेषता भएका हुन्छन् । उनीहरु आफैंलाई निकै हराइरहेका हुन्छन् । यस्ता मानिसहरुसँगै बस्नु निकै कष्टकर हुने गर्दछ ।
आँखा भेदभाव गर्दैनः
कुनै पनि व्यक्ति7को आँखामा नियालेर हेरेको खण्डमा तपाईंले उक्त व्यक्तिको इमोसन र मुड थाहा पाउन सक्नुहुन्छ । हाम्रो रिस, प्रेम, उदासिनता र घुणाजस्ता भावहरु आँखाबाट पत्ता लाग्छ । आँखाले नै विपरित सेक्सका मानिसहरुलाई एक–
अर्काप्रति आकर्षित गराउँछ । आँखाले नै हामीलाई भीडबाट अलग गराउँछ । तपाईं जुनसुकै देशबाट भएपनि तपाईंका आँखा जुनसुकै रङको होस् यसको विशेषता समान हुनेछ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

