Home » » चार महिना गाउँ छाड्नुपर्ने नियमले सुनसान बोवाङ

चार महिना गाउँ छाड्नुपर्ने नियमले सुनसान बोवाङ

बागलुङको बोवाङमा परम्परागत कालदेखि चल्दै आएकोे नियमका कारण यतिबेला गाउँ सुनसान छ । घुम्ती बसोवास गर्दै आइरहेका बोवाङवासी यतिबेला बोवाङ गाउँ सुनसान बनाएर ढोरपाटनमा बसोवास गरिरहेका छन् ।
पशुपालन मुख्य पेशा बनाएर बसोवास गर्दै आइरहेका बोवाङवासीले जेठ महिनादेखि असोज महिनासम्म वरपरको सरकारी तथा सार्वजनिक जग्गामा पशुचौपाय चराउन नपाउने र यदी चराइहालेमा पनि जरिवाना तिर्नुपर्ने भएकाले उनीहरु ढोरपाटनतर्फ लागेका हुन् ।

पशु चरीचरणका लागि प्रयाप्त ठाउँ भएको र जाडो पनि हटेपछि किसानहरुलाई सहज हुने भएकाले प्राय किसानहरु सम्पूर्ण बन्दोबस्तीका सामाग्री सहित ढोरपाटनतर्फ लागेका छन् ।
बोवाङ गाविसका अधिकांश व्यक्तिहरुको जग्गा दुई स्थानमा भएकाले पनि जाडो सकिएपछि ढोरपाटन जाने गरेका हुन् । अधिकांशको बेशी बोवाङ गाउँ र लेक ढोरपाटनमा घर तथा जग्गा जमिन समेत रहेका छन् ।
ढोरपाटन क्षेत्रमा वर्षादको समयमा केही सिमित चरण कर तिरेपछि पशु चौपाय ढुक्कसग चराउन पाउने भएकाले चार महिनाका लागि लेकतर्फ लागेको स्थानीयले बताउछन् ।
Source: Nepalsanchar

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}