Home » » निलगिरि अस्पतालको महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर

निलगिरि अस्पतालको महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर

बागलुङ-निलगिरि अस्पताल बागलुङले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर भदौ २६ गते शनिवार महिलाहरुका लागि एकदिने निशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको छ ।
धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेडको सोमबार बसेको सञ्चालक समितिको वैठकले तीजका अवसरमा महिलाहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्ने निर्णय गरेको अध्यक्ष राम शर्माले जानकारी दिनुभयो ।

स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर लक्ष्मी गौतम लगायतका विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य परिक्षण गरिने अस्पतालले जनाएको छ । शिविर सञ्चालन हुने दिन विशेषज्ञ डाक्टरहरुबाट गरिने स्वास्थ्य परिक्षण निःशुल्क हुने तथा अस्पालका अन्य सेवामा २५ प्रतिशत छुट गरिने अस्पतालका मेडिकल निर्देशक डाक्टर गोविन्द जोशी गौतमले जानकारी दिनुभयो ।
यस्तै वैठकले शिक्षा, स्वास्थ्य र महिला उपसमिति गठन गरेको छ । शिक्षा उपसमितिको संयोजकमा संस्थाका सहसचिव प्रकाश शर्मा तथा सदस्यहरुमा शेयर सदस्यहरु रुद्रबहादुर केसी र विजय राना रहनु भएको छ । यस्तै स्वास्थ्य उपसमितिको संयोजक सञ्चालक थानेश्वर सुवेदी तथा सदस्यहरुमा शेयर सदस्यहरु कृष्णराज शर्मा र गोकुल कंडेल रहनु भएको छ ।
वैठकले सञ्चालक शान्ति केसीको संयोजकत्वमा महिला उपसमिति गठन गरेको छ । महिला उपसमितिको सदस्यहरुमा बिना कार्की पन्त, सरस्वती खड्का परियार, गीता थापा, राधा लामिछाने, सीता राजभण्डारी र मञ्जु गौतम रहनु भएको छ ।
धौलागिरि अञ्चलवासीलाई सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा, स्वास्थ्य सम्बन्धी जनचेतनामुलक गतिविधि र प्राविधिक शिक्षा उपलब्ध गराउने उदेश्यका साथ गतवर्ष स्थापना भएको धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्थाले पहिलो चरणमा सुविधा सम्पन्न २४ बेडको निलगिरि अस्पताल सञ्चालन गरेको छ । संस्थामा हाल १ सय ६५ जना शेयर सदस्य रहेको र चालु आर्थिक वर्षको अन्त्यसम्म ३ सय जना शेयर सदस्य पु¥याउने लक्ष्य रहेको संस्थाका सचिव रामबहादुर जिसीले जानकारी गराउनु भयो ।
Source: Nawasandesh

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}