
|
|
बागलुङ— बागलुङ टुक्रिएको बिरोधमा निरन्तर बन्दले जनजीवन प्रभावित भएको भन्दै राजनीतिक दल लगायत विभिन्न संघसंस्था बिरुद्ध परेको रिटमा कारण देखाउ आदेश दिएको पुनरावेदन अदालत,बागलुङले सो आदेशलाई निरन्तरता दिनुनपर्ने नपर्ने भन्दै खारेज गरेको छ ।
बन्दका क्रममा नागरिकको आवतजावत बन्द भएको, व्यापार व्यवसाय बन्द गरिएको, शिक्षण संस्था बन्द गरी नागरिकहरुको हक अधिकार माथि बन्देज लागेको भन्दै दमेकका तिलक प्रसाद सापकोटाले अदालतमा मुद्दा दायर गरेका थिए । जिल्लामा क्रियाशिल कांग्रेस, एमाले, एमाओवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा, नेकपा माले, अखण्ड पार्टी , जिल्ला प्रशासन कार्याल, जिल्ला प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ, गैर सरकारी संस्था महासंघ, पत्रकार महासंघका बिरुद्धमा दायर रिटमा न्यायाधीश अग्नीप्रसाद थपलियाको ईजलासले कारण देखाउ आदेश जारी गर्दै विपक्षीलाई सोमबार छलफलको लागि बोलाएको थियो । सोमबारको बहस पछि अन्तरिक आदेशलाइ निरन्तरता दिनुनपर्ने फैसला गरेको हो ।
बन्द हड्तालले नागरिकका हक अधिकार तथा मानव अधिकारको हनन भएको विरुद्धमा सार्वजनिक सरोकारको रिट निवेदनमा कारण देखाउ आदेश दिएको अदालते सोमबारको छलफल पछि आदेशलाइ निरन्तरता दिनु नपर्ने फैसला गरेको अधिवक्ता भुमिश्वर गौतमले बताए । सो मुद्दामा दलहरुको तर्फबाट अधिवक्ता गौतम र काजीगाउँले बहस गरेका थिए भने सापकोटाको तर्फबाट तिलक रिजालले बहस गरेका थिए । भदौ २० आइतबारबाटनै बन्द फिर्ता भैसकेकोले अदाललते रिटलाई खारेज गरेको हो । सापकोटाले नागरिकका हक अधिकारलाई कुण्ठित हुने क्रियाकलाप भईरहेको भएतापनि जिल्ला प्रशासन , जिल्ला प्रहरी कार्यालय, बाग्लुङ्गबाट स्थानीय प्रशासन ऐन, बमोजिम प्रभावकारी रुपमा कार्य नगरेको तथा नागरिक हक अधिकारको रक्षाको प्रत्याभुती नदिएको भन्दै प्रहरीप्रशासनलाई समेत विपक्षी बनाएका थिए ।
Source: Nawasandesh
Source: Nawasandesh

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

