
|
|
घुम्न आउने पर्यटकहरुलाई सुबिधा र सामुदायीक विद्यालय सञ्चालनको लागि आयस्रोत जुटाउने उद्देश्यले खोप्रामा सामुदायीक लज सञ्चालन हुदै आएको छ । राम्चेको हिमाञ्चल उच्च मावि र पाउद्धारको पाउद्धार माविले वि.स २०६५ देखि लज सञ्चालन गरेका हुन् ।
आर्थिक वर्ष २०७१७२ मा खोप्रा स्थित सामुदायीक लजमा १६ लाख ५० हजार रुपैया बराबरको कारोबार भएको लजका लेखापाल नविन पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष ३०६ जना बिदेशी नागरीकले खोप्राको भ्रमण गरेका थिए ।
खर्च कटाएर बचत भएको तिन लाख रुपैया दुई वटा विद्यालयलाई बराबर वितरण गरीएको लेखापाल पुनले बताए । पर्यटकहरुको आकर्षण बढ्दै गएको खोप्रामा गएको वर्ष भुकम्पका कारण पर्यटक घटेको उहाँले बताए ।
खोप्रामा आर्थिक वर्ष २०६९७० मा ४०५ र २०७०७१ मा ५२६ जना पर्यटकले भ्रमण गरेका थिए भने १६ लाख ५० हजार र १८ लाख ७० हजार रुपैयाको कारोबार भएको थियो । समुद्री सतहदेखि ३ हजार ६६० मिटरको उचाईमा अवस्थित खोप्रामा २४ जना क्षमत्ताको सामुदायिक लज सञ्चालनमा छन् ।
खयर भारानी र चौरी मेलाको सिजनमा भने लजको क्षमत्ता भन्दा धेरै पर्यटक भित्र्ने गर्छन् । उनिहरुलाई लजमा खाना खुवाएर टेन्ट र टहरामा सुत्ने ब्यवस्था मिलाउने गरिएको छ । मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी, धौलागिरी, गुर्जा लगायतका दर्जनौ हिमशृङखलालाई नजिकबाट देख्न सकिने खोप्रा दृष्य अवलोकनका लागि मात्र नभई प्राकृतिक, जैविक र भौगोलिक हिसावले पनि मनमोहक छ ।
भिरालो पहाडमो टुप्पोमा अवस्थित समथर खोप्राबाट सुर्योदयको साथमा म्याग्दी, पर्वत र कास्कीका पहाडी बस्ती एवं पोखरा बजार लगायत थुप्रै मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । यसका साथै खोप्रा क्षेत्रमा ५० भन्दा बढी प्रजातीका जडिवुटी तथा हिमाली वनपैदावारका साथै एक दर्जन प्रजातीका लालीगुराँस पाईन्छन् ।
अन्नपूर्ण हिमाल र आधार शिवीर खोप्रा लेकबाट करिब एक दिनको पैदलयात्रामा पुग्न सकिन्छ । प्राकृतिक सौन्दर्यता, रंगिविरंगी मगमग बास्ना आउने दर्जनौ प्रजातीका फुल, जडिवुटी, बोटबिरुवाको साथमा रमथर भुगोलको चरनमा पालीएका चौरी, भेडा, गाई र भैसीको गोठ जस्ता परम्परामा आधारित जीवनशैलीको अध्ययन अवलोकन गर्न पाउनु खोप्राको मुख्य बिषेशता हो ।
म्यागासेसे पुरस्कार बिजेता महाबिर पुनले खोप्रामा स्थापना गरेको बेतारे ईन्टरनेटको टावर पनि सूचना प्रबिधिको अनुसन्धानकर्ताका लागि थप आकर्षण हो । असोज, कात्तिक र चैत, बैशाखको सिजनमा क्षमत्ताभन्दा बढी पर्यटक आउँदा आवास व्यवस्थापन गर्न कठिन हुने तथा अन्य समय सुनसान बन्ने समस्या रहेको छ । शिखको बयली, कास्कीको घान्द्रुक, म्याग्दीको तातोपानी पाउद्धार र नारच्याङ हुँदै खोप्रा पुग्न सकिन्छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

