Home » » बागलुङ टुक्राएको बिरोधमा खर्वाङमा यस्तो थियो- मानव साङ्लो !

बागलुङ टुक्राएको बिरोधमा खर्वाङमा यस्तो थियो- मानव साङ्लो !

कमल पौडेल, खर्वाङ बागलुङ २०७२ भदौ १८ । संघिय सिमाङ्कन गर्दा बागलुङ जिल्लालाई अवैज्ञानिक ढंगले टुक्राइएको भन्दै बुधवार मानव साङ्लो बनाएर विरोध गरिएको छ । सोहि विरोधको क्रममा जिल्लाको पश्चिम मध्यभाग खर्वाङ पनि मानव साङ्लो सहित र्याली र कोण सभा सम्पन्न भएको छ ।

गाउँगाउँ वाट आएका मानिसहरुले अखण्ड बागलुङको माग गर्दै हातमा हात मिलाएर खर्वाङ बजारलाई घेरेका थिए भने बागलुङ टुक्राउन पाईदैन, दाङ हामी गइदैन लगाएतका नारा लगाएका थिए ।

र्याली पछिको कोण सभामा बोल्ने बक्ताहरुले जातिय तथा साँस्कृतिक रुपमा देशलाई विभाजन गर्ने षड्यन्त्र भैरहेको भन्दै सचेत रहन सवैमा आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कार्यसमितिका आमन्त्रीत सदस्य डालेश्वर भुसाल, नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य विष्णु भुसाल, राष्ट्रिय जनमोर्चाका बोम वहादुर थापा, महिलाहरुको तर्फवाट शान्ति अधिकारी लगाएतले बोलेका थिए । कार्यक्रम नेपाली काग्रेस दगातुन्डाडाका सचिव तेज वहादुर अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

यस्तै ग्वालीचौरमा पनि मानव साङ्लो र्याली निकालिएको छ । र्याली पछिको कोण सभामा नेपाली काग्रेसका जिल्ला सदस्य हरिदत्त आचार्य, एमाले जिल्ला सदस्य हिरामणि आचार्य, राट्रिय जनमोर्चा जिल्ला सदस्य खगेन्द्र श्रीस, दलित अगुवा प्रेम लाल वि.क. महिला अगुवा सुमित्रा आचार्य लगाएतले मन्तव्य दिएका थिए ।

कार्यक्रम, नेपाली काग्रेसका सभापति अर्जुन प्रसाद आचार्यको अध्यक्षता तथा तरुणदल ग्वालीचौरका उपाध्यक्ष योगेन्द्र खरेलको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
Source: Dhaulashree

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}