Home » » पुनरावेदन अदालतबाट बन्दका बिरुद्ध दिएको निवेदनमा कारण देखाउ आदेश !

पुनरावेदन अदालतबाट बन्दका बिरुद्ध दिएको निवेदनमा कारण देखाउ आदेश !

बागलुङ २०७२ भदौ १८ । सम्मानित पुनरावेदन अदालत बागलुङमा बागलुङ जिल्ला दमेक गाविसका तिलकप्रसाद सापकोटाले बन्द हड्तालले नागरिकका हक अधिकार तथा मानव अधिकारको हनन भएको विरुद्धमा सार्वजनिक सरोकारको रिट निवेदन दिएकोमा सम्मानित पुनरावेदन अदालत बागलुङबाट विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी भएको छ ।

आज भदौ १८ गते शुक्रवार सम्मानित पुनरावेदन अदालत बागलुङका न्यायाधीश अग्नीप्रसाद थपलियाको एकल इजलासबाट यस्तो पैmसला भएको हो ।
सापकोटाले गत भदौ १६ गते बागलुङ जिल्लालाई दुई प्रदेशहरुमा राखेर टुक्राएको विरुद्धमा केहि दिन देखी जारी बागलुङ बन्दलाई लिएर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्दोलनरत ७ राजनीतिक दलहरु, बाउवासंघ, नेपाल पत्रकार महासंघ लगायत १४ जनालाई विपक्षी बनाई सम्मानित पुनरावेदन अदालत बागलुङमा निवेदन दिएका थिए ।

निज सापकोटाले सम्मानित पुनरावेदन अदालत बागलुङमा दिएको रिट निवेदन यस्तो छ,

श्री पुनरावेदन अदालत, बाग्लुङमा चढाएको
निवेदन पत्र

बिषय ः परमादेशयुक्त निषेधाज्ञा लगायत जो चाहिने उपयुक्त आदेश जारी गरी पाऊँ ।
बाग्लुङ्ग जिल्ला दमेक गाविस वडा नं. ४ घर भई ऐ. जिल्ला बाग्लुङ्ग नगरपालिका वडा नं.२ बस्ने बर्ष २८ को तिलक प्रसाद सापकोटा…. ……………………………………. निवेदक पक्ष ।
विरुद्ध
१. बाग्लुङ्ग जिल्ला बाग्लुङ्ग न.पा. वडा नं. ३ अवस्थित जिल्ला प्रशासन कार्यालय,
बाग्लुङ्ग………………………………………………………………………………..१
२. ऐ. जिल्ला ऐ. न.पा. वडा नं. २ अवस्थित जिल्ला प्रहरी कार्यालय, बाग्लुङ्ग……१
३. ऐ. जिल्ला ऐ. न.पा. वडा नं. ३ अवस्थित नेपाली कांग्रेसका का.वा.
सभापती जगदिशचन्द्र उपाध्याय…………………………………………………… १
४ .ऐ. जिल्ला ऐ. न.पा. वडा नं. ३ अवस्थित नेकपा एमालेका अध्यक्ष
श्रीप्रसाद शर्मा………………………………………………………………………. १
५. ऐ. जिल्ला ऐ. न.पा. वडा नं. २ अवस्थित एकिकृत नेकपा माओवादीका
चन्द्र बहादुर थापा………………………………………………………………….. १
६. ऐ. जिल्ला ऐ. न.पा. वडा नं. ३ अवस्थित राष्ट्रिय जनमोर्चाका अध्यक्ष
अम्मर थापा…………………………………………………………………………..१
७. ऐ. जिल्ला ऐ. न.पा. वडा नं. ३ अवस्थित नेकपा मालेका स.स.
हुमा खड्का………………………………………………………………………….. १
८. ऐ. जिल्ला ऐ. न.पा. वडा नं. ३ अवस्थित अखण्ड नेपाल पाटीका का.वा.
अध्यक्ष रुद्र बहादुर महत…………………………………………………………….. १
९. ऐ. जिल्ला ऐ. न.पा. वडा नं. ३ अवस्थित रा.प्र.पा.का अध्यक्ष
टिकाराम सापकोटा…………………………………………………………………….१
१०. ऐ. जिल्ला ऐ. न.पा. वडा नं. २ अवस्थित नेकपा माओवादीका
इन्चार्ज चन्द्र बहादुर बुढा……………………………………………………………. १
११. ऐ. जिल्ला ऐ. न.पा. वडा नं. २ अवस्थित नेकपा एकिकृतका
का.वा. सचिव ऋषिराम रोका……………………………………………………….. १
१२. ऐ. जिल्ला ऐ. न.पा. वडा नं. ३ अवस्थित गैरसरकारी संस्था महासंघका विपक्षी
अध्यक्ष परमानन्द कडेल……………………………………………………………… १
१३. ऐ. जिल्ला ऐ. न.पा. वडा नं. २ अवस्थित बाग्लुङ्ग उद्योग वाणिज्य संघका
अध्यक्ष वसन्त कुमार श्रेष्ठ…………………………………………………………… १
१४.ऐ.जिल्ला ऐ. न.पा. वडा नं. ३ अवस्थित नेपाल पत्रकार महासंघ,
बाग्लुङ्गका अध्यक्ष मुकेश राजभण्डारी…………………………………………………१

मुद्दा ः–निषेधाज्ञा मिश्रित परमादेश ।
१. मिति २०७२÷०५÷०६ गतेदेखि बाग्लुङ्ग जिल्ला निरन्तर रुपमा बन्द छ र सो बन्दको आयोजनाकर्ताहरु विपक्षी नं. ३ देखि १४ सम्मका विपक्षीहरु हुन् ।
२. बन्दका क्रममा सम्पूर्ण नागरिकको आवतजावत बन्द गरिएको, व्यापार व्यवसाय बन्द गरिएको, शिक्षण संस्था बन्द गरिएको छ । जसका कारण म निवेदक लगायत सम्पूर्ण नागरिकहरुको हक अधिकारमाथि बन्देज लागेको ।
३. म निवेदक स्वतन्त्र नेपालको नागरिक भएको नाताले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२, १३, १८, १९, संविधानको अनुसूची ४ मा उल्लिखित विस्तृत शान्ती सम्झौता, २०६३ को दफा ७, नागरिक अधिकार ऐन, २०१२ को दफा ३, ६, ७, १०, १२ ले प्रत्याभुत गरेका हक अधिकारप्रति सचेत छु । साथै सोको प्राप्तीको लागि कानुनी बाटो अपनाउनुपर्छ भन्ने कुरामा विश्वस्त रही नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, ४९(९), नागरिक अधिकार ऐन, २०१२ को दफा १७, न्याय प्रशासन ऐन, २०४८ को दफा ८ एवं पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ३३(क), मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ समेत बमोजिम सार्वजनिक सरोकारको बिषयको प्रस्तुत निवेदन लिई सम्पूर्ण नेपाली नागरिकहरु लगायत म निवेदकको न्याय प्राप्तीको लागि सम्मानित अदालतमा उपस्थित भएको छु ।
३. म निवेदक लगायत सम्पूर्ण नागरिकहरुको नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२, १३, १९, नागरिक अधिकार ऐन, २०१२ को दफा ३, ६, ७, १०, १२ तथा नेपालको अन्तरिम संविधान, २०६३ को अनुसूची ४ मा व्यवस्थित विस्तृत शान्ती सम्झौता, २०६३ को दफा ७ ले प्रत्याभुत गरेका वाक् स्वतन्त्रता, शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, नेपाल राज्यभर बिना रोकटोक घुमफिर गर्ने स्वतन्त्रता, सम्पत्ति आर्जन गर्ने तथा कारोबार गर्ने स्वतन्त्रता, कुनै पेशा, रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रता, नागरिकको बासस्थानको रक्षा, समानताको हक, विचार र अभिव्यक्तिको स्वतन्त्रता, सम्मानपूर्वक बाँच्न पाउने स्वतन्त्रता तथा वैयक्तिक स्वतन्त्रताको हनन् भईरहेको अवस्था छ । नागरिकका हक अधिकारलाई कुण्ठित हुने क्रियाकलाप भईरहेको भएतापनि विपक्षी नं. १ का जिल्ला प्रशासन कार्यालय, बाग्लुङ्ग, विपक्षी नं. २ का जिल्ला प्रहरी कार्यालय, बाग्लुङ्गबाट स्थानीय प्रशासन ऐन, २०२८ को दफा ५, ६, प्रहरी ऐन, २०१२ को दफा १५(ग), १८(क), १९ बमोजिम प्रभावकारी रुपमा कार्य नगरेको तथा नागरिक हक अधिकारको रक्षाको प्रत्याभुती नदिएको, अमनचयन कायम नगरेको, प्रचलित ऐन, कानुनको कार्यान्वयन नगरेको तथा म निवेदकले मिति २०७२÷०५÷०८ मा सम्मानपूर्वक बाँच्न सक्ने वातावरणको सृजना गरिदिनु हुन भनि विपक्षी नं. १ को जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा पनि कुनै कारबाही नगरेको, बन्दकर्ताले अरु नागरिकको अधिकारमाथि प्रहार गर्दा पनि विपक्षी नं. २ ले समेत मुकदर्शक भएर बसेकोले म लगायत सम्पूर्ण नागरिकहरुको हक अधिकारमाथि अतिक्रमण भईरहेको तथा विश्वव्यापी रुपमा स्विकार गरिएको तथा नेपाल समेत पक्ष राष्ट्र भएको मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ विपरीतका क्रियाकलाप भएकाले त्यस्ता किसिमका नागरिकका हक अधिकार तथा दैनिक जनवीवनलाई असर गर्ने कुनै पनि काम कारबाही नगर्नु नगराउनु तथा प्रचलित ऐन, कानुनको प्रभावकारी पालना तथा कार्यान्वयन गर्नु गराउनु भनी न्याय प्रशासन ऐन, २०४८ को दफा ८(२) र नागरिक अधिकार ऐन, २०१२ को दफा १७ बमोजिम विपक्षी नं. १ र २ का नाममा निषेधाज्ञा सहितको परमादेश लगायतका जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ । साथै नागरिकका हक अधिकारको पनि सम्मान गर्न र आफुको अधिकारको माग गर्दा अरुको अधिकारको पनि ख्याल गरी बन्द, हड्ताल जस्ता कार्यहरु रोक्नको लागि आग्रह गर्दा पनि कुनै वास्ता नगरी विपक्षीहरुले बन्द हड्ताल जारी राखेको र मिति २०७२÷०५÷१७ गते व्यापक रुपमा मानव साङ्गलो बनाई बाग्लुङ्ग घेर्ने कार्यक्रम तत्काल नरोकिएमा नागरिकको जनजीवन थप कष्ठकर बन्ने तथा डर तथा भयको वाताबरण सृजना भई व्यापार व्यवसाय, शिक्षण संस्था, स्वास्थ्य सुविधा तथा अन्य अत्यावश्यक सेवा सुविधामा प्रतिकुल प्रभाव पर्ने तथा अपृय घटना समेत घट्न सक्ने अवस्थालाई हृदयङ्गम गरी प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म विपक्षीका नाममा बन्द, हड्ताल लगायतका कुनै काम कारबाही नगर्नु नगराउनु, गर्न नदिनु भनी पुनरावेदन अदालत नियमावली,२०४८ को नियम ३३ (क) बमोजिम अन्तरिम आदेश समेत जारी गरी पाऊँ । निवेदन माग बमोजिम अन्तरिम आदेश जारी हुँदा कुनै नोक्सान हुने भएमा म निवेदक व्यहोर्न मञ्जुर छु । प्रस्तुत रिट निवेदनलाई अग्राधिकार दिई हेरी पाऊँ ।
यो निवेदनकोे व्यहोरा ठिक साँचो छ , झुठ्ठा ठहरेमा कानून बमोजिम सहुँला बुझाउँला ।

निवेदक
निज तिलक प्रसाद सापकोटा
बाग्लुङ्ग जिल्ला दमेक गाविस वडा नं.–४
हालः ऐ. जिल्ला ऐ.न.पा.–२,
सम्पर्क नं. ९८५१०२८०००
ईति संवत २०७२ साल भाद्र महिना १६ गते रोज ४ शुभम् ।

Source: Dhaulashree

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}