Home » » असिना पीडित कृषकलाई पाँच/पाँच हजारका दरले राहत वितरण !

असिना पीडित कृषकलाई पाँच/पाँच हजारका दरले राहत वितरण !

सन्तोष गौतम, म्याग्दी २०७२ भदौ १८ । जिल्ला कृषि विकास कार्यालय म्याग्दीले कुहुँ गाविस ९ हिदीका असिना पिडित कृषकहरुलाई राहत वितरण गरेको छ । गत बैशाख १० गते दिउँसो परेको असिनाले अन्नबाली क्षत्ती गरेर प्रभावित भएका हिदीका ३० घरधुरी कृषकलाई ५० हजार रुपैया राहत वितरण गरीएको हो ।

जिल्ला दैवि प्रकोप उद्धार समितिको निर्णय अनुसार बरिष्ठ कृषि विकास अधिकृत बसन्तकुमार श्रेष्ठ, योजना अधिकृत ज्योती क्षेत्री, प्राबिधिक सहायक श्यामराज क्षेत्री र बाबियाचौर सेवा केन्द्रका नायव प्राबिधिक सहायक प्रकाश पुनको टोलीले गाउँमै पुगेर कृषकलाई राहत उपलब्ध गराएको हो ।

कृषि विकास मन्त्रालयको राहत सम्बन्धि कार्यबिधी अनुसार बढी क्षत्ती भएका दश घरधुरी कृषकलाई पाँचपाँच हजार रुपैयाका दरले उपलब्ध गराइएको राहत उनिहरु मार्फत अन्य कृषकहरुलाई पनि वितरण गर्ने ब्यवस्था मिलाइएको प्राबिधिक सहायक श्यामराज क्षेत्रीले बताए । असिनाले हिदीका कृषकले १२३ रोपनी जग्गामा लगाएको ९१५ मुरी आलु, २०५ मुरी जौ, १९१ मुरी मकै, ३९० पाथी सिमी र ५१५ पाथी केराउको क्षत्ती गरेको थियो ।
Source: Dhaulashree

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}