Home » » बेनीमा दश वर्ष पछी असारको झल्को दिने रोपाईँ नाँच प्रदर्शन !

बेनीमा दश वर्ष पछी असारको झल्को दिने रोपाईँ नाँच प्रदर्शन !

सन्तोष गौतम म्याग्दी २०७२ भदौ १८ । म्याग्दी सदरमुकाम बेनीमा असार पन्ध्रको झल्को दिनेगरि एक दशकपछि शुक्रबार रोपाईनाच प्रर्दशन गरिएको छ ।

नेपाल भाषा मंका खल र ल्यामपूच म्याग्दीले बेनीमा सञ्चालन गरेको बर्खेनाच २०७२ अन्तरगत रोपाईनाँच प्रर्दशन गरेका हुन् । कलाकारहरुले असारे भाकाको गीतमा नाचेर बजार परिक्रमा गरेका थिए ।

बर्खेनाचलाई नेवार समुदायको सांस्कृतिक पहिचानका रूपमा मानिने गरेपनि रोपाईनाचमा नेवारका अलावा मगर, बाहुन, क्षेत्री समुदायका युवा युवती र कलाकारहरुले पनि सहभागिता जनाएका थिए । धेरै कलाकारहरुको आवश्यकता पर्ने रोपाई नाँच बेनीमा दश वर्षपछि देखाइएको ल्याम पुचका अध्यक्ष सुबिन श्रेष्ठले धौलाश्रीलाई बताए ।

उनका अनुसार जनशक्तिको कमीका कारण लामो समयसम्म देखाउन नसकिएको रोपाईनाच संरक्षणका लागि युवाहरुको सक्रियतामा यस वर्ष देखाइएको हो । रोपाईसंगै यसपाली बेनीमा दशक पछि गोरु नाच पनि प्रर्दशन हुदैछ् ।

घण्टाकर्ण चतुर्दशीदेखि हरितालिका तीजको दिनसम्म देखाइने बर्खे नाँच अन्तर्गत बेनीमा हरेक दिन लाखे नाँच, घोँडा नाँच, जोगी नाँच, नागनागिनी नाँच, गोरु नाँच, रोपाइँ नाँच लगायतका नाँच दखाउन थालेपछि बजारमा सांस्कृतिक रमझम बढेको छ ।
Source: Dhaulashree

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}