Home » » अखण्ड बागलुङको माग गर्दै जारी जिल्ला बन्द शनिवार सम्म / बुर्तिवाङ खुल्यो !

अखण्ड बागलुङको माग गर्दै जारी जिल्ला बन्द शनिवार सम्म / बुर्तिवाङ खुल्यो !

बागलुङ, २०७२ भदौ १८ । संघीयताको सिमाकंनमा बागलुङलाई दुइ वटा प्रदेशमा विभाजन गरेपछि सुरु गरिएको अनिश्चितकालीन बन्द भोलि शनिवार सम्म कायम रहने भएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीको तीन दलीय संयन्त्रले षडयन्त्रपूर्वक बागलुङ जिल्लालाई दुई खण्डमा विभाजन गरी जिल्लाको पूर्वी खण्डलाई प्रदेश नं ४ मा र गल्कोट लगायत पश्चिम खण्डलाई प्रदेश ५ मा समोवेश गर्ने निर्णय गरेपछी त्यस्को विरोधमा अखण्ड बागलुङको माग गर्दै सो माग पुरा नभए सम्म भदौ ८ गते देखी सुरु गरिएको अनिश्चितकालीन आमहडताल जिल्ला बन्द आदि कार्यक्रम जारी रहेकै अवस्थामा विहिवार बसेको संघर्ष समितिको बैठकले भोलि शनिवार सम्म मात्र आम हडताल र बन्दको कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बन्दले आमजनताको दैनिकीमा समेत नराम्रो असर परेको र लामो बन्दले व्यापार व्यवसायपनि चौपट भएकोले जनस्तरबाटै आन्दोलनको अर्को विकल्प खोज्न माग भैरहेको थियो भने हजारौ बालबालिका विद्यार्थीहरु शिक्षण संस्थाहरु बन्द हुनाले पठनबाटगर्न वन्चित भएको थिए । बन्दले विद्यार्थीको भविष्यनै विग्रन गयो भन्दै अभिभावकहरुले बन्दलाई बन्द गर्न बन्दका आयोजकलाई अपील गर्दै आएका थिए ।

बागलुङ विभाजनका विरुद्ध जारी संघर्षलाई सार्थक निष्कर्षमा पु¥याउनका लागि केन्द्रीय तहका नेताहरुलाई दवाव दिनु पर्ने भएकाले संघर्ष समितिको तर्फबाट नेपाली कांग्रेसका जगदिशचन्द्र उपाध्याय, नेकपा एमालेका श्रीप्रसाद शर्मा र एनेकपा माओवादीका चन्द्रबहादुर थापा रहेको टोली निर्माण गरिएको संघर्ष समितिका सचिवालय सदस्य डिल्लीराज गौतमले बताएका छन् ।

धौलाश्री सहकर्मी राम सुवेदीले दिएको जानकारी अनुसार बुर्तिवाङ बजार आज शुक्रवार देखी खुल्ला भएको छ ।

उता गल्कोट क्षेत्रमा जारी अनिश्चितकालीन बन्द भने भोलि शनिवार सम्म मात्र जारी रहने धौलाश्री सहकर्मी बालकृष्ण सुवेदीले बताएका छन् ।
Source: Dhaulashree

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}