
|
|
अमिसा कुँवर,बागलुङ, २०७२ भदौ १८ । नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको स्वार्थ र षडयन्त्रबाट बागलुङ जिल्लाको पश्चिमी खण्ड गल्कोट उपत्यका समेत ५ नम्बर प्रदेशमा राखी बाँकी पूर्वी भागलाई ४ नंम्वर प्रदेशमा समावेश गरी प्रदेशको सीमांकन गरिएको बिरोधमा सिँगो बागलुङ जिल्ला अनिश्चितकालीन बन्द सहित आन्दोलनरत रहेको अवस्थामा आज बागलुङ सदरमुकाममा अखण्ड बागलुङ माग गर्दै युवाहरुको अर्धनग्न जुलुस निस्कियो । यसरी बागलुङमा अर्धनग्न जुलुस निस्किएको संभवत यो पहिलो पटक हो ।
उनिहरुले जुलुसमा शीर्ष नेता मुर्दावाद, बागलुङ टुक्राउन पाईँदैन, अखण्ड बागलुङ कायम गर आदि नारा लगाउदै बजार परिक्रमा गरेका थिए ।
त्यस्को एकैछिन पछी अर्को जुलुसलेपनि बजार परिक्रमा गरेको थियो ।
स्मरणीयछ, भोलि शनिवार सम्म मात्र बन्द गरिने र आईतवार देखी बन्दफिर्ता लिने बन्द आयोजकले निर्णय गरेका छन् ।
अर्धनग्न तस्वीर- जयकुमार नायर, बागलुङ ।
अको तस्वीर- संझना तामाङ, बागलुङ ।
Source: Dhaulashree

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

