
|
|
काठमाडौं, भदौ १८ । यो तस्विरले अहिले विश्वको ध्यान खिचीरहेको छ । यो तस्विर अहिले युरोप लगायत विश्वका उत्कृष्ट पत्रिका तथा अनलाइनमा महत्वका साथ प्रकाशन गरिएको छ । “पुरै दुनियालाई चुप गराउने यो उदास तस्विर”, “युरोपले बचाउन सकेन”, “असह्यय यथार्थ”, “जीन्दगी अनि मृत्यु”, “बाँडिएको युरोपको नतिजा” यस्तै यस्तै वाक्यांश यो तस्विर सँगै लेखिएका छन् । यो तस्विर हो तीन वर्षिय बालक एलन कुर्दीको । जो समुद्रको किनारमा मृत अवस्थामा भेटिएका थिए ।
यथार्थमा एलन आफ्नो बाबा आमा र दाइसँग सिरियामा बस्दथे । तर आइएसआइएसको बढ्दो आतंकी प्रभावका कारण एलनका पिता अब्दुलालाई त्यहाँ बस्न निकै कठिनाइ भएको थियो । त्यसैले अब्दुला स–परिवार युरोप छिर्न खोजेका थिए । तर डुंगामा चढेर लुकिछिमी युरोप छिर्ने प्रयास गर्दा डुंगा पल्टियो । अब्दुलाले आफ्नो तीन वर्षिय छोरा एलनलाई बचाउन सकेनन् । एलनको शव समुद्रकिनारमा अर्कोदिन विहान भेटियो ।
एलनको तस्विर त एक उदाहरण मात्र हो यसरि युद्ध तथा गरिबिका कारण युरोप छिर्न चाहने लाखौ छन् । पछिल्लो तथ्यांक अनुसार जनवरि यता मात्रै २ हजार बढीले यसरि ज्यान गुमाएका छन् । शरणार्थीको रुपमा युरोप छिर्न चाहनेप्रति युरोपियन देश उदार नभएका कारण यस्तो भैरहेको छ । लामो समयदेखि यो विषय बहसमा रहेपनि कुनै ठोस निर्णय नहुँदा यसरि हजारौले ज्यान गुमाइरहेका छन् ।
तर एलनको यो तस्विर सँगै अहिले सबै जागेका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमले यो तस्विरलाई निकै महत्वका साथ प्रसारण गरिरहेका छन् । विभिन्न युरोपियन मुलुकका प्रमुख व्यक्तिहरुले यसविषयमा गम्भिर भएर निर्णय गर्नुपर्ने बताइरहेका छन् । आगामि डिसेम्बरमा हुनलागेको युरोपियन युनियनको बैठकमा यस विषयमा ठोस निर्णय गरिने भएको छ ।
Source: Everestdainik

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |


