
|
|
काठमाडौं, भदौ १९ । अष्ट्रेलियामा एउटा भेडाबाट ४०.४५ किलो उन निकालिएको छ । योसँगै सबैभन्दा बढी ऊन एकपटकमा निकालिएको रेकर्ड भेडाको नाममा जोडिएको छ ।
मिडिया रिपोर्टका अनुसार, क्रिस नामको यो भेडाको शरीरबाट साढे चालीस किलो ऊन निकालिएको थियो । त्यसो त ऊन निकाल्न भेडाको जोखिमपूर्ण अपरेशन नै गर्नुप¥यो ।
यो भेडाले न्यूजिल्याण्डको श्रेक नाम गरेको अर्को भेडाको विश्व रेकर्ड तोडेको छ । श्रेकको शरीरबाट २७ किलो ऊन निकालिएको थियो । अष्ट्रेलियामा पशु हिंसा रोक्न सक्रिय संस्था रोयल सोइसाईटी (आरएसपीसिए)का अनुसार यदि बढी मात्रामा ऊन निकाल्दा भेडाको जीवनलाई नै खतरामा पर्न सक्थ्यो ।
उक्त संस्थाका अनुसार, भेडाको शरीरबाट निकै बढी ऊन निकालेको कारण मुश्किलले हिंडडुल गर्न सक्ने भएकोले उसको शरीरबाट ५ वर्षदेखि ऊन निकालिएको थिएन । ऊनका लागि मात्रै पालिएका यी भेडाहरुको शरीरमा यसरी ऊन थुपार्नु नहुने र नियमित सफाई गर्नुपर्ने माग यो संस्थाले गरेको छ ।
Source: Everestdainik

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

