
|
|
जनावरसँग मानिसहरुको मित्रता तथा लगाव सामान्य कुरा हो । त्यहीँ भएर नै मानिसले घरमा कुकुर बिरालो जस्ता घरपालुवा जनावर साथी पाल्छन् । मासु तथा दुध लगायतका उपयोगी पदार्थका लागि पालिने जनावरहरु पनि छन् । जनावरप्रति मानिसको लगाव तथा मित्रता आफ्नो ठाउँमा हुन्छ । तर यदि त्यो लगावले सीमा नाघ्यो र त्यसले मानिसको जिन्दगीलाई नै प्रभावित पार्न थाल्यो भने जिवन नर्क हुने निश्चित हुन्छ ।
भारतको बैंगलोरमा यस्तै घटना भएको छ । बैंगलोरकी एक युवती आफ्नो घरमा पालेको कुकप्रतिको माया तथा लगावका कारण आफ्नै श्रीमानसँग डिभोर्सको संघारमा पुगेकी छिन् ।
समाचार अनुसार सन् २०१४ मा बिहे गरेका ३० वर्षका निमिष र २६ वर्षकी काव्या दुवैजनाले सूचना प्रविधि क्षेत्रमा जागिर गर्छन् । बिहेको एक हप्तापछि माइत गएकी ती महिलाले माइतीबाट फर्किँदा दुइवटा पाल्तू कुकुर लिएर आएकी थिइन् ।
माइतीको कुकुर पनि प्यारो हुन्छ भन्ने उखानै छ । तर यो उखानको यथार्थ ती महिलाका लागि महंगो सावित भयो । उनले ती कुकुरलाई यति माया गर्न लागिन् की कुकुरलाई आफ्नै ओछ्यानमा सँगै सुताउन थालिन् । नव विवाहिता श्रीमतीले कुकुरलाई सँगै सुताउन थालेपछि उनका पतिले विरोध जनाए । उनले कुकुरलाई ओछ्यानबाट लखेट्न निर्देशन दिए । तर श्रीमती मान्नेवाला थिइनन् । उनले उल्टै लोग्नेलाई नै ओछ्यान छाड्न र कोठाबाट बाहिर निस्किन उर्दी जारी गरिन् । घरका सासु तथा नन्दहरुले पनि कुकुर वा लोग्नेमध्ये एक रोज्न भनेपछि उनी केही दिनमै दुवै कुकुरलाई लिएर माइतीमा सुइँकिइन् ।
अहिले माइतीमा बस्दै आएकी ती महिला घर फर्किन इन्कार गर्दै आएकी छिन् । लोग्नेले आफुलाई कुकुरसँगै सुत्न दिए मात्र आफु घर फर्किने अडान उनकेा छ । यो घटना पुलिस सम्मै पुग्यो र अहिले स्थानीय पुलिसको महिला हेल्पलाइनमा विचाराधीन रहेको बैंगलोर मिररले जनाएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

