Home » » ३६८ पियन पदका लागि २३ लाख आवेदन, २५५ जना त पिएचडी होल्डर

३६८ पियन पदका लागि २३ लाख आवेदन, २५५ जना त पिएचडी होल्डर

काठमाडौं, भदौ ३१ । भारतको उत्तरप्रदेश सरकार यतिबेला अचम्ममा परेको छ । राज्यसरकारले केहि दिन अगाडी सरकारी सेवा अन्र्तगत २६८ जना पियन पदका लागि दरखास्त आवेदन माग गरेको थियो ।

उक्त पदका लागि न्युनतम योग्यता तोकिएको थियो मात्र ५ कक्षा पास । आवेदन बुझाउने अन्तिम मिती १४ सेप्टेम्वर तोकिएको थियो ।जव आवेदन बुझाउने म्याद सकिए सँगै तथ्यांक जम्मा गरियो सरकार समेत अचम्ममा पर्यो ।

२६८ पदका लागि २३ लाख आवेदन परेको छ । त्यसमध्ये २५५ जना त पिएचडी होल्डर छन् । त्यस्तै २ लाख बढी त मास्टर डिग्री हासिल गरेका छन् ।

शुरुवातमा ९ हजार भारतीय रुंपैया तलब हुने यो पदका लागी यति धेरै र शिक्षित तहबाट आवेदन परेपछि राज्य सरकार अलमलमा परेको छ । यस्तो अवस्थामा छनौट गर्न निकै गाह्रो हुने सरकारी अधिकारीले बताएका छन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}