Home » » बागलुङ अखण्ड : तीन दलीय अदुर्दशिताले जिल्लावासीलाई केहि दिन दु:ख !

बागलुङ अखण्ड : तीन दलीय अदुर्दशिताले जिल्लावासीलाई केहि दिन दु:ख !

बागलुङ २०७२ भदौ ३० । ‘नेपालको संविधान २०७२’मा ‘समग्र बागलुङ’लाई प्रदेश नं ४मा राख्ने प्रस्ताब बहुमतले पारित भई संविधानमा लिपिबद्ध भएको सभासद प्रकाश पौडेलले एक विज्ञप्ती मार्पmत जनाएका छन् ।


सभासद पौडेलले ‘सिंगो बागलुङ’ प्रदेश नं ४मा राख्न दबाब दिन आन्दोलनमा लाग्ने बागलुङ जिल्ला सहित धौलागिरीबाट संविधान सभामा प्रतिनीधित्व गर्ने १७ जना सभासद, जिल्लामा क्रियाशिल सवै राजनीतिक दल, विभिन्न पेशा व्यवसाय गर्ने उद्योगी—व्यापारी, शिक्षक, विद्यार्थी, पत्रकार,कानुन व्यवसायी, विभिन्न संस्था, कर्मचारी सहित सम्पूर्ण बागलुङबासी सहित प्रमुख दलको शीर्ष नेतृत्व लगायत सिङ्गो बागलुङको पक्षमा मतदान गर्ने सबै सभासदलार्य धन्यवाद ज्ञापन गरेका छन् ।

तीन दलीय सिण्डिकेटले बागलुङ जिल्लालाई खण्डिकरण गरी दुई प्रदेशमा विभाजन गरिएकोमा सिँगो बागलुङ जिल्ला आन्दोलित बनेको थियो । तीन दलीय अदूर्दशिताले केहि दिन बागलुङ जिल्लावासीले जिल्लाबन्द गरी आन्दोलनमा उत्रिएका थिए । घरघर गाउँगाउँदेखी जनताहरु बागलुङलाई टुक्राएकोमा विरोधमा उत्रिएका थिए ।
Source: Dhaulashree

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}