
|
|
काठमाडौं, २३ असोज । नाकाबन्दीको १८ दिनपछि र नयाँ सरकार चुनिन ४८ घन्टामात्र बाँकी रहँदा सरकारले नाकाबन्दी हटाउन भारतसँग संवाद गर्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।
वार्ता टोली गठन भएलत्तै मन्त्री पाण्डेले काठमाडौंस्थित भारतीय राजदूत रन्जित रेसँग भेटेर नाकाबन्दी भन्ने शब्द उच्चारणै नगरी नाकाबन्दी हटाउन पहल गर्न आग्रह गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । भारतलाई थप नचिड्याउने रणनीतिअनुसार मन्त्री पाण्डेले राजदूतसँगको भेटमा नाकाबन्दी शब्द उच्चारण गरेनन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

