Home » » नाकाबन्दीलाई सहयोग पुग्ने गरी चीनले किन आफ्नो उडान रोक्यो ?

नाकाबन्दीलाई सहयोग पुग्ने गरी चीनले किन आफ्नो उडान रोक्यो ?

काठमाडौं, २३ असोज । भारतको अघोषित नाकाबन्दीका कारण हवाई इन्धन अभाव भए पनि चीनबाट काठमाडौं उडान भर्ने अर्को एयरलायन्स चाइना इष्ट्रनले पनि बिहीबारदेखि उडान रोकेको छ । विमानले चीनको कुनमिङबाट बोइङ्ग ७३७ मार्फत दैनिक दुइटा उडान गर्थ्यो ।

भूकम्पपछि उडान संख्या घटाएको चाइना इष्ट्रनले बिहीबार र शुक्रबार कुनै पनि उडान नभरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रमुख देवआनन्द उपाध्यायले बताएको कान्तिपुर दैनिकले छापेको छ । उनले उडान स्थगनको कारणबारे जानकारी एयरलायन्सले नदिएको बताए । तर चाइना इस्ट्रनका कर्मचारी सबिरमान सिंहले आगामि कात्र्तिक १२ गतेसम्मका लागि उडान स्थगित गरेको बताए । ‘ठ्याक्कै सूचना निकालीसकेका छैनौं तर अहिलेलाई कात्तिक १२ गतेसम्मका लागि उडान रोकेको खबर आएको छ,’ सिंहले भने । नेपालमा चीनका चारवटा विमान कम्पनी एयर चाइना, चाइना साउदर्न, चाइना इस्ट्रन र सिन्चुवान एयरले उडान भर्दै आएका छन् । यीमध्ये चाइना साउदनले इन्धन अभावको कारण देखाउँदै १३ गतेदेखि काठमाडौं ग्वानजाव उडान कटौती गरिसकेको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}