
|
|
मन्त्रिपरिषद् बैठकमा कांग्रेस र एमालेका मन्त्रीबीच भनाभन
विमल योगी
काठमाडौं, २२ असोज । भारतीय कम्पनीसँग सम्झौताको तयारी गरिएको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग(फास्टट्रयाक) योजनाको सूचना चुहाएको भन्दै सरकारका मुख्यसचिव सोमलाल सुवेदीलाई कारवाही प्रस्ताव गरिएको छ ।
भौतिक योजना तथा पूर्वाधार मन्त्री विमलयन्ध्र निधीले आफूले भारतीय कम्पनीलाई योजनाको ठेक्का दिन लागेको कुरा सार्वजनिक गरेपछि मुख्यसचिव सुवेदीलाई कारवाही गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गरेका छन् ।
विहीबार विहान ८ बजेदेखि बसेको बैठकमा मन्त्री निधीले सरकारी सूचना चुहाएर योजना भारतलाई दिनबाट रोकेको भन्दै कारवाही प्रस्ताव गरेको बालुवाटार स्रोतले जनाएको छ ।
झण्डै चार घण्टा बसेको बैठकमा सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीहरुले विरोध गरेपछि मन्त्री निधीको प्रस्ताव क्याविनेटले अस्वीकार गरेको छ । यो प्रस्तावमा छलफल हुँदा कांग्रेस र एमालेका मन्त्रीबीच भनाभन समेत भएको स्रोतको दाबी छ ।
अन्तिममा प्रधानमन्त्री सुशील कोइरालाले मन्त्री निधीको प्रस्ताव मन्त्रिपरिषदले अस्वीकार गरेको घोषणा गरेका थिए । मन्त्रिपरिषदको आजको बैठक यो सरकारे अन्तिम बैठक थियो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

