Home » » सञ्चार मन्त्रीको चेतावनी, ‘मोदी र भारतविरुद्ध समाचार नलेख्नु, लेखे कारबाही हुन्छ’

सञ्चार मन्त्रीको चेतावनी, ‘मोदी र भारतविरुद्ध समाचार नलेख्नु, लेखे कारबाही हुन्छ’

काठमाडौं, २३ असोज । भारतले मधेसी मोर्चाको आडमा नेपालमाथि आर्थिक नाकाबन्दी लगाएर नेपाली जनताको दैनिक जीवन अस्तव्यवस्थ बनाइरहेका बेला सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले भारतविरुद्ध नलेख्न र ‘नाकाबन्दी’ शब्द कतै पनि प्रयोग नगर्न आदेश दिएका छन् । 

सञ्चारमन्त्री रिजालले तीन दिनअघि सरकारी सञ्चारमाध्यमका सम्पादकहरूलाई बोलाएर भारतविरुद्ध कुनै पनि प्रकारको समाचार सम्प्रेषण नगर्न निर्देशन दिएको स्रोतले जनाएको छ । ‘भारत नेपालको असल छिमेकी राष्ट्र हो’, प्रवक्ता रिजालाको भनाइ उदृत गर्दै एक सम्पादकले भने, ‘समाचारमा ‘नाकाबन्दी’ शब्द नलेख्नु होला लेख्नु भयो भने सरकार कारबाहीको कमद उठाउन बाध्य हुन्छ ।’ सञ्चारमन्त्रीको कडा चेतावनीपछि गोरखा पत्र दैनिक, राट्रिय समचार समिति, नेपाल टेलिभिजन र रेडियो नेपालले आफ्ना समाचारमा भारत विरोधी बनाउने गरेका छैनन् । साथै उनीहरूले आफ्ना समाचारमा ‘नाकाबन्दी’ शब्द पनि लेख्ने गरेका छैनन् । मन्त्री रिजालको भारत र मोदी मोह देखेर सरकारी सञ्चारमाध्यमका सम्पादक र पत्रकारहरू रिसले चुर परेका छन् । हुन त यसअघि पनि सञ्चारमन्त्री रिजालले पटक पटक भारतले ‘नाकाबन्दी’ गरेको छैन भनेर अभिव्यक्ति दिँदै आएका छन् । उनले भारतको बचाउ गर्दै आएको आरोप पनि छ । प्रवक्ता रिजालको चेतावनीपछि सरकारी सञ्चारमाध्यमहरूले भारतविरुद्ध कुनै पनि प्रकारको समाचार सम्प्रेषण गरेका छैनन् । उनीहरूले ‘नाकाबन्दी’ भन्ने शब्द पनि लेख्ने र भन्ने गरेका छैनन् । तर भारतले मधेसी मोर्चाको आडमा अघोषित रुपमा नाकाबन्दी लगाएपछि मुलुकले पेट्रोलियम पदाथका साथै औषधिलगायत अत्यावशेक सेवाको चरम सामना गर्नु परेको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}