
|
|
बागलुङ, २ कार्तिक/जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेलले सवारी अवरोधलाई हटाउन आयल निगमसंग थप इ्रन्धन माग गरेको बताएका छन । गृहमन्त्रालयबाट सरुवा भई विहिवार बागलुङमा आएका प्रजिअ पोखरेलले आईतवार यहाँका पत्रकारहरुसंग कुरा गर्दै वडा दशैंमा यात्रुहरुलाई सहज रुपमा घर जाने वातावरण मिलाउन थप इन्धन माग गरेको वताए । ‘दशैलाई लक्षित गरेर आयल निगमले जिल्लालाई ९ हजार लिटर इन्धन पठाउने भनेको थियो, प्रजिअ पोखरेलले भने– ‘हामीले ३ हजार थप गरी १२ हजार लिटर पठाउन आग्रह गरेका छौ । थप इन्धन आउदैछ ।’ त्यसरी आउने इन्धनलाई अत्यावश्यकलाई केही स्टक राखी बाँकीलाई समबन्धित निकायको सिफारिशका आधारमा निजी क्षेत्रलाई वितरण गरिने वताए ।
जिल्लामा दशैंमा कुनै पनि खाद्य सामाग्रीको अभाव नहुने वताउदै प्रजिअ पोखरेलले कसैले कालावजारी गर्न खोजे कारवाही गरिने वताए । जिल्लामा शान्ति सुरक्षा कायम गर्ने, प्रशासनिक ढिलासुस्तीको अन्त्य गर्ने र विकास निर्माणका कामको अनुगमन गरी कार्य सम्पादनलाई छिटो छरितो गराईने वताए । उनले भने– अव सवै सरकारी कार्यालय मिडियामैत्री हुनेछन । सूचनाको हकलाई प्रभावकारी कार्यान्वयन गर्ने वताउदै प्रजिअ पोखरेलले सवै सेवा प्रदायी कार्यालयले सूचना अधिकृत राखी त्यसका जानकारी पत्रकार महासंघलाई जानकारी गराउने प्रतिवद्धता ब्य्रक्त गरे । आफ्ना दायाबायाँ सुरक्षा निकायका प्रमुख र सहायक प्रजिअलाई राखेर पत्रकारसंग कुरा गरेका प्रजिअ पोखरेलले रुपा गौतम हत्याकाण्डका दोषी पत्ता लगाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता पनि ब्यक्त गरे ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

