Home » » चाडपर्वमा खानपानमा ध्यान दिन आग्रह

चाडपर्वमा खानपानमा ध्यान दिन आग्रह

बागलुङ, २ कार्तिक/चाडपर्वहरुमा खानपानमा ध्यान दिन एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेको निलगिरि अस्पतालद्वारा आइतबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । खानपानका कारण धेरै खालका रोगहरु लाग्ने भएकाले खानपानमा ध्यान दिन सहभागीहरुले जोड दिएका हुन् । कार्यक्रममा निलगिरि अस्पतालका मेडिकल निर्देशक डा. गोविन्द जोशी गौतम र स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी आचार्य गौतमले संस्थाले सञ्चालन गरेको सेवा सुविधाका बारेमा जानकारी गराएका थिए । 

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हरिनारायण गौतम, बागलुङ शाखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, बागलुङ शाखाका पूर्व अध्यक्ष नारायणदत्त कंडेल, बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष युक्तप्रसाद कँडेल, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष अञ्जु जिसी, नेपाल रेडक्रस सोसाइटी बागलुङका उपसभापति राजेन्द्र आचार्य, त्रिवि प्राध्यापक संघका सभापति डिल्लीराज गौतम, महिला अधिकारकर्मी लक्ष्मी बाँस्कोटा, सेतो गुराँस बाल विकास सेवाका बिना कार्की पन्त, कन्सर्न नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केबी शाही लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष राम शर्माको अध्यक्षता, उपाध्यक्ष डिलबहादुर कार्कीको स्वागत र सचिव रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । सञ्जिवनी सहकारी संस्थाले बागलुङ बजारमा २४ शैयाको सुविधा सम्पन्न निलगिरि अस्पताल मार्फत विशेषज्ञ सेवा सहित स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको छ । सहकारीमार्फत संस्थाले स्वास्थ्य सम्बन्धी जनचेतना तथा प्राविधिक शिक्षालय सञ्चालनको तयारी गरेको सचिव रामबहादुर जिसीले जानकारी दिए । यसैबीच संस्थाको शेयर सदस्य बनेका बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष युक्तप्रसाद कंडेललाई सो अवसरमा स्वागत गरिएको थियो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}