Home » » नयाँ नोटको अभाव

नयाँ नोटको अभाव

बागलुङ, २ कार्तिक/बडादशै आउन केही दिन मात्रा बाँकी रहँदा बागलुङमा नयाँ नोटको चरम अभाव देखिएको छ । नेपाल बैक लिमिटेड बागलुङमा प्रर्याप्त मात्रामा खुद्रा नोटहरु प्राप्त नहुँदा नोट अभाव सिर्जना भएको हो । नेपाल बैक लिमिटेड बागलुङ शाखाका प्रमुख तेजप्रसाद देवकोटाका अनुसार राष्ट्र बैकले आवश्यकता अनुसार नयाँ नोट नपठाएकै कारण उपभोक्ताहरु समस्यामा परेका हुन् । जिल्लामा दशैको समयमा न्युनतम २ देखि ६ करोड सम्म खुद्रा नोटहरुको आवश्यकता हुने गरेको छ । 

गतवर्षको दशैमा ६ करोड रुपैयाँ खुद्रा साटिएको थियो । यस वर्ष राष्ट्र बैकले ६० लाख रुपैयाँ मात्रा पठाएको कारण सवै उपभोक्ता तथा अन्य वित्तिय संस्थाहरुलाई नयाँ तथा खुद्रा नोट वितरण गर्न नसकिएको शाखा प्रमुख देवकोटाको भनाई छ । आइतबारसम्म शाखामा रहेको र राष्ट्र बैकबाट प्राप्त नयाँ तथा पुरानो नोटहरु मिसाएर करिव एक करोड बढी खुद्रा पैसा वितरण गरिएको छ । नेपाल बैकबाट छिटफुट रुपमा १०रुपैयाँको नयाँ नोट साट्न पाइएका पनि अन्य २०, ५० र एक सयको नोटमा खडेरी परेको छ ।
यसैगरी, म्याग्दीका बैंकहरुसँग दसैका लागि पर्याप्त नोटको जोहो नहुँदा सर्वसाधारणलाई खुद्रा पैसा पाउन सास्ती भएको छ । राष्ट्र बैंकले म्याग्दीमा माग अनुसारको खुद्रा पैसा नपठाउँदा समस्या भएको हो । गत वर्ष दुई करोड ५० लाख रुपैया बराबरको खुद्रा नोट उपलब्ध गराएको नेपाल बैंक लिमिटेडको नोटकोषमा यसपाली ६५ लाख रुपैया मात्र प्राप्त भएको छ । नेपाल बैंक लिमिटेड म्याग्दी शाखामा आईतबार खुद्रा नयाँ नोट साट्नका लागि लाईन बसेका सर्वसाधारणहरुले पर्याप्त नोट नपाएको गुनासो गरेका छन् । एक जना व्यक्तिलाई जम्मा तिन हजार पाँच सय रुपैया बराबरको मात्रै खुद्रा नोट दिइएको सर्वसाधारणको गुनासो थियो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}