Home » » संविधान कार्यान्वयनमा थप चूनौतीः ज्ञवाली

संविधान कार्यान्वयनमा थप चूनौतीः ज्ञवाली

बागलुङ, १ कार्तिक/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व स्थानीय विकास मन्त्री युवराज ज्ञवालीले नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेको संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनमा चूनौती थपिएको वताएका छन । नयाँ संविधानका विशेषता र पार्टीका भावी कार्ययोजनाका वारेमा जानकारी दिन एमाले बागलुङले शनिवार आयोजना गरेको जिल्ला स्तरिय अगुवा कार्यकता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले मुलुकका तीन ठूला दलको सुदृढ एकताका कारण संविधानसभाबाट नयाँ संविधान जारी गर्न सफल भएको वताए । 

‘तर संविधान निर्माणपछि तीन पार्टीको एकतामा विभाजन आएको छ, यसले संविधान कार्यान्वयनमा चूनौति थपिएको छ,’ ज्ञवालीले भने– ‘केही शक्ति दलको सुदृढ एकतालाई भत्काउन लागे ।’ दुई ठूला कम्युनिष्ट पार्टी एमाले र एमाओवादीको संविधानसभाबाटै संविधान जारी गर्ने धारणाका कारण नेपाली कांग्रेस पनि संविधान निर्माण गर्न बाध्य भएको वताउदै उनले मुलुकले ठूलो उपलब्धी प्राप्त गरेको वताए । ‘अहिलेको संविधान विश्वकै उत्कृष्ठ छ, तर यसलाई कार्यान्वयन गर्न भने जटिलता थपिएको छ, ज्ञवालीले भने–‘यो संविधान कार्यान्वयन भएपछि कोही पनि भोको रहनुपर्ने छैन, वेरोजगार वस्नुपर्ने छैन, घरवारविहिन हुनुपर्ने छैन् ।’ संविधान समानुपातिक समावेशी भएको भन्दै उनले महिला, दलित, मधेसी, मुश्लिम, जनजाती र पिछडिएका वर्गको अधिकारको ग्यारेन्टी गरेको वताए । संघियताका नाममा मुलुकलाई टुक्राउन खोज्ने असफल भएको भन्दै एमाले नेता ज्ञवालीले एक मधेस एक प्रदेशको नामबाट त्यो रुप प्रवेश भएपनि दलहरुको एकताको कारण त्यो समुह असफल भएको वताए । एमाले पार्टीभित्रको आन्तरिक एकता बलियो भएकाले विपक्षीहरु पनि आफ्नो पार्टी लाईनमा आउन बाध्य भएको वताउदै उनले सवै कार्यकर्तालाई द्धन्द्धवादी रुपमा राम्रो कामको समर्थन र गलत प्रवृतिको विरोध गर्न निर्देशन दिए । सत्तामा रहदा पार्टीको क्रान्तिकारी स्पिडलाई जोगाइराख्न मुश्किल पर्ने वताउदै नेता ज्ञवालीले कार्यकर्ताको खबरदारीबाट मात्रै त्यो सम्भव हुने वताए । ‘अव एमालेलाई एकलब्य पार्टीको रुपमा विकास गर्न कसैले रोक्न सक्नेछैन्, उपाध्यक्ष ज्ञवालीले भने–त्यसका लागि कार्यकर्ता भने कम्युनिष्ट विचार र कार्यशैलीबाट संगठन निर्माणमा लाग्नु पर्दछ । पार्टीको क्रान्तिकारी चरित्रलाई बचाइराख्ने भनेका नै कार्यकर्ता हुन् ।’ अहिले सत्तामा पुग्नु पार्टीका जीत भएपनि त्यसलाई सफलता पुराउन थुप्रै चूनौति रहेको वताए–‘सत्ता अरुलाई आफ ुअनुकुल रुपान्तरण गर्न खोज्छ, हामीले पुरानो सत्तालाई समाजवादी चरित्रमा रुपान्तरण गर्न सक्नुपर्दछ ।’ दक्षिण छिमेकी भारतको नाकावन्दीबाट मुलुकलाई मुक्त गर्नु वर्तमान सरकारको प्रमुुख कार्यभार भएको वताउदै उनले उत्तरी छिमेकी चीन त्यो भन्दा बढि शक्तिशाली छ भन्ने भारतले वुझ्नुपर्ने वताए । भारत विरोधी होइन, तर दासता हामीलाई कहिल्यै स्विकार्य छैन । ज्ञवालीले भने विकल्प खोज्दै मुलुकलाई आत्मनिर्भर बनाउनु पर्दछ । कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य गणेश तिमल्सिनाले एमालेको नेतृत्वदायी भूमिकाका कारण नै संविधान बन्न सकेको वताउदै यसका उपलब्धीलाई कार्यकर्ताहरुले जनताको विचमा पुराउनुपर्ने वताए । पार्टीका वैकल्पिक केन्द्रिय सदस्य मन केसी र गोविन्द नेपालीले एमालेले संविधानका विशेषताका वारेमा जनतालाई जानकारी गराउन अभियान सञ्चालन गरेको वताए । पार्टी जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले कात्तिक १४ गते एमालेले जिल्लाका ७ स्थानमा एकैदिन अगुवा कार्यकर्ता भेला गरी अभियानलाई सार्थकता दिने बताए । भेलाको सञ्चालन जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतमले र स्वागत सावित्रा रानाले गरेका थिए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}