
|
|
बागलुङ, २८ असोज/रुपान्तरीत व्यवस्थापिका संसदका सदस्य चम्पादेवी खड्काले वर्तमान सरकार निर्माण प्रकृयामा दलहरु बीच दुई पक्ष भएपनि देश विकासको लागि एक हुनुपर्ने बताएकी छिन् । खड्काले सरकार बनाउँदा बहुमत र अल्पमतको खेल भएपनि जनतालाइ विकासको फल दिने काममा भने कसैले पनि अल्पमत र बहुमत बनाउन नहुने बताइन् । देश निर्माणको पहिलो कठिन काम संविधान मिलेर बनाइएकोले विकास निर्माणको काममा पनि सबैदल मिलेर जानुपर्ने उनको जोड थियो । गाजा युवा क्लबको २२ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै खड्काले भारतले गरेको नाकाबन्दीको विरोध गर्दै कृषि उत्पादनमा नेपालीको मन फर्काउनुपर्नेमा जोड दिइन् । ‘उत्पादन बढाएर हामी आत्म निर्भर बन्न सकेको भए नाकाबन्दीले केही हुनेथिएन’ खड्काले भनिन्, ‘कृषिमा आधुनिकीकरण गर्दै सबै किसानको उत्पादनको संरक्षण गर्ने सरकार आवस्यक परेको छ ।
उनले सरकार गठनबाट प्रतिपक्षमा बसेपनि कांग्रेसले विकासका योजनामा भने सरकारलाइ सहयोग गर्ने बताइन् । कार्यक्रममा क्लबका संरक्षक मणीभद्र कंडेलले ग्रामीण क्षेत्रका कुनै विकासको पहुँच नपुगेको समयमा गाजा युवा क्लब खोलेर विकासको प्रतिफल दिनका लागि लागेको स्मरण गर्दै क्लबले जनताको मुहारमा परिवर्तन ल्याउन सकेको बताए । उनले शिक्षा, जिविकोपार्जन, अधिकार, अपांगता तथा अन्य धेरै काममा क्लबले काम गरेर सरकारी अभियानलाइ सहयोग गरेको पनि बताए । क्लबका अध्यक्ष हर्षबहादुर गुरुङको अध्यक्षता, सचिव गीता श्रीषको संचालन र उपाध्यक्ष यमप्रसाद कंडेलको स्वागतमा सम्पन्न कार्यक्रममा सहायक प्रजिअ छविलाल सुवेदी, कांग्रेस कावा सभापति जगदिशचन्द्र उपाध्याय, राष्ट्रिय जनमोर्चाका सचिव धर्म कुँवर, अखण्ड नेपाल पार्टीका बरिष्ठ उपाध्यक्ष रुद्रबहादुर महत, पुनरावेदन वारका अध्यक्ष कृष्णप्रसाद निउरे, पत्रकार महासंघका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, गैसस महासंघकी कोषाध्यक्ष सीता शर्मा लगायतले बोलेका थिए । कार्यक्रममा गीता श्रीषले प्रगती प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । गुणस्तरीय शिक्षा, पढाइ विकास कार्यक्रम, शिक्षित भविष्य जस्ता कार्यक्रम सेभ द चिल्ड्रेन, प्लान नेपाल र सरकारका सरोकारवाला कार्यालयको सहयोगमा संचालन गर्दै आएको क्लबले आगामी दिनमा आयआर्जनका कार्यक्रम समेत संचालन गर्दै जाने कार्यकारी निर्देशक प्रमानन्द कंडेलले जानकारी दिए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

