Home » » भारतीय झण्डा जलाएको ‘लाइभ’ कसले पुर्‍यायो नयाँदिल्ली ?

भारतीय झण्डा जलाएको ‘लाइभ’ कसले पुर्‍यायो नयाँदिल्ली ?

काठमाडौं, १७ असोज । भारतीय पक्षले नेपालमा आफूविरुद्ध भएको प्रदर्शनप्रति नेपाली राजदूतसँग दुःखेसो पोखेको छ ।
नेपालमा भारतविरुद्ध भएको प्रदर्शनको सानोभन्दा सानो जानकारी राखेको भारतीय पक्षले यस विषयमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग गुनासो गरेको हो ।
भारतीय पक्षले नयाँदिल्लीमा उपाध्यायसँग शनिबार गरेको भेटमा नेपालमा भारतविरुद्ध प्रदर्शन भएकामा चिन्ता जनाएको हो । नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज (आइतबार) बिहान कुरा गर्दै नेपाली राजदूत उपाध्यायले भन्नुभयो, ‘भारतीय पक्ष नेपालमा भारतविरुद्ध भएका विरोध प्रदर्शन र झण्डा जलाउनेलगायतका कर्याबाट चिन्तित बनेको पाएँ ।’ 

भारतले नेपालमा आफूविरुद्ध प्रदर्शन भएको र नेपाली जनताले भारतीयको आलोचना गरी विरोध गर्न थालेपछि त्यसबाट दीकालीन असर पर्नेभन्दै अघोषित नाकाबन्दी खोलेको राजदूत उपाध्यायको संकेत थियो । राजदूत उपाध्यायले अगाडि भन्नुभयो, ‘भारतीय पक्षले नेपालमा आफूविरुद्ध भएका सबै गतिविधिको भिडियो हेरेर बस्नुभएको रहेछ । एउटा सानो बालकले नेपालमा भारतीय झण्डा जलाएको भिडियो पनि भारतीय पक्षले नयाँदिल्लीमा बसेर हेरेको रहेछ । म त अचम्ममा परे । छक्क परे । अहिलेको इन्टरनेटको जमानामा सबै कुरा जहाँ पनि पुग्छ ।’ मधेस केन्द्रित दल र तिनका सीमित नेताका कारण भारतविरुद्ध नेपालमा जनमत बनेको निष्कर्षमा पुगेको भारतीय पक्षले वीरगञ्जबाहेकका सबै नाका सुचारु गराउने आश्वासन आफूले पाएको नेपाली राजदूत उपाध्यायले बताउनुभयो । ‘सीमित व्यक्तिका कारण नेपाली जनताले दुःख पाए’, उहाँले भन्नुभयो, ‘औषधिक र पेट्रोलियाम पदार्थलगायतका सामान नेपाल प्रवेश गर्न दिने भारतीय पक्षले आश्वासन दिएको छ ।’ भारतले अघोषित नाकाबन्दी खोले पनि नेपाल–भारतको प्रमुख व्यापारिक नाका वीरगञ्ज भने नखोल्ने भएको छ । नेपाली राजदूत उपाध्यायले भन्नुभयो, ‘६० प्रतिशत व्यापार हुने वीरगञ्जको रक्सौल भन्सार नाका भारतले अझै केही दिन नखोल्ने भनेको छ । रक्सौल नाका नखुलेपछि अझै जनजीवन सुचारु हुन केही समय लाग्नेछ ।’ नेपालको अवस्था सहज हुन अझै पनि केही समय लाग्ने देखिएको छ । नेपालमा भारतीय सीमाबाट दैनिक हुने कारोबारमध्ये वीरगञ्जबाट ६० प्रतिशत एक्लै हुने गरेको । यसअघि वीरगञ्ज भन्सार नाकाबाट मात्रै दैनिक तीन सय बढी ग्यास र तेल बोकेका सवारी साधन दैनिक भित्रिदै आएका थिए । जनतालाई दुःख दिएर राजनीति नहुँने भन्दै राजदूत उपाध्यायले भारतीय पक्ष पनि आन्दोलनरत मधेसी दलहरूसँग रुष्ट भएको जनाउनुभयो । उहाँले आउँदा दिनमा यस्ता गम्भीर विषयलाई सम्वेदनशील रुपमा दुबै पक्षले लिनुपर्ने उल्लेख गर्नुभयो । अघोषित नाकाबन्दीका समाधान चीनसँग तत्काल व्यापार नाका खोलर समाधान हुन नसक्ने बताउनुभएका राजदूत उपाध्यायले चीनभन्दा भारतसँगकै व्यापार उचित रहेको बताउनुभयो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}