Home » » नाति नातिनाको लागि रुखमै तीनतले घर

नाति नातिनाको लागि रुखमै तीनतले घर

म्यासाच्युसेट्सका बासिन्दा ५९ वर्षीय जे हेविटले आफ्नो ६ वर्षे नाति र ४ वर्षे नातिनीको मनको इच्छा पूरा गरिदिनका लागि सामान्य मानिसले कल्पना पनि गर्न नसक्ने काम गरेर देखाइदिए ।

नाति नातिले खेल्ने क्रममा भनिरहेका हुन्थे की उनीहरुको एउटा छुट्टै घर होस् अनि त्यो घर अरुहरुको भन्दा भिन्नै होस्, हट होस् । केटाकेटीको यो मनोभावनालाई धेरैपटक साक्षात्कार गरेका हेविटको मनमा लालाबालाको इच्छा पूरा गरेरै छाड्ने आकांक्षा पलायो । एनिमल प्लानेट टेलिभिजन च्यानलमा आउने चर्चित शो टि्र हाउसबाट प्रभावित भएर अन्ततः उनले नाति नातिनाका लागि सपनाको घर बनाइदिए ।

मायालु हजुरबा हेविटले आफ्ना नातिनातिनीको लागि ४० फिट लामो रुखमा तिनतले घर निर्माण गरिदिए । निकै सुन्दर त्यो घर बनाउने क्रममा उनले आफ्नो छोराको आइडिया पनि लिए र पूरै दुइवर्ष लगाएर घर तयार गरे ।यो अनौठो तथा सुन्दर काठको घरमा निकै भव्य सिँढीहरु, झ्यालढोका, बार्दली, भेन्टिलेसन सिस्टम, विजुलीबत्तिको व्यवस्था, ठूलो वैठक कोठा तथा केटाकेटी खेल्ने ठाउँ समेत छ ।
न्यु ह्याम्पसायरस्थित एउटा पानीको पोखरी नजिकैको रुखमा यो घर बनाइएको छ । आफुहरुको सपनाको घर देखेर बच्चाबच्चीहरु कम्ता खुसी छैनन् । सायद उनीहरु दुनियाका सबैभन्दा भाग्यमानी बच्चाहरु होलान् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}