Home » » पैसा बुझाउन नसक्दा श्रीमती साहुलाई

पैसा बुझाउन नसक्दा श्रीमती साहुलाई

ऋण तिर्नको लागि आफुसँग रकम नभएपछि एक पुरुषले आफ्नी श्रीमती नै साहुलाई जिम्मा लगाएका छन् । घटना भारतको मध्यप्रदेशको हो । ऋण मिनाहा गरिदिने भन्दै ऋणीकी श्रीमतीसँग रात बिताउने साहु तथा धन तिर्न नसकेर साहुलाई आफ्नी श्रीमती जिम्मा लगाउने ऋणी दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लिएको ऋण तिर्न नसकी साहुलाई श्रीमती जिम्मा लगाउने ती पुरुषको नाम राजा बताइएको छ तर पूरै नाम तथा ठेगाना भने खोलिएको छैन । ऋणिकी श्रीमतीमाथि बलात्कार गर्ने साहुको नाम चाहीँ हाकिम रहेको बताइएको छ ।



समाचार अनुसार राजाले प्रायः हाकिमसँगबाट ऋण लिइरहन्थे । ऋण लिइरहने तर तिर्न चाहीँ नसक्ने हुँदा राजाको ऋणको भार बढ्दै गयो । अन्ततः ऋण चुक्ता गर्नका लागि राजा र हाकिमबीच भयंकर सम्झौता भयो । राजाकी श्रीमतीलाई आफुसँग सुत्न पठाएमा आफुले ऋण मिनाहा गरिदिने शर्त हाकिमले राखे ।
यो शर्तमा ऋणी राजाले सहमती जनाएपछि राजाकी श्रीमती साहु हाकिमबाट बलात्कृत हुन बाध्य भइन् ।तर आफुमाथि भएको अन्याय उनले सहन सकिनन् र त्यस विरुद्ध प्रहरीमा उजुरी गरिन् । प्रहरीले उनका हुतिहारा श्रीमान तथा बलत्कारी साहु दुबैजनालाई पक्राउ गरेको छ । दुबैज्नामाथि बलात्कारको अभियोगमा मुद्दा चलाइएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}