Home » » कालिका भगवती मन्दिरमा तामाको छानो

कालिका भगवती मन्दिरमा तामाको छानो

पश्चिमाञ्चलकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरको पुनःनिर्माण गर्दै तामाको छानो हालिएको छ । पुनःनिर्माण अभावमा विगत एक दशकदेखि चुहिने अवस्थामा रहेको मन्दिरको छानो परिवर्तन गरी तामाको छानो हालिएको हो ।

वि.सं. १५९१ सालमा स्थापना भएको उक्त मन्दिरलाई २०४६ सालको राजनीतिक परिवर्तनपछि अहिलेको अवस्थामा निर्माण गरिएको थियो । पुराना गुठी व्यवस्थापन समितिले मन्दिर संरक्षणका लागि ध्यान नदिदा लामो समयदेखि चुहिने गरेको छानो परिवर्तनका लागि वर्तमान गुठी व्यवस्थापन समितिले सक्रिय बनेको थियो । गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काका अनुसार ५४ लाख रुपैयाको लागतमा मन्दिरमा तामाको छानो राखिएको जानकारी दिनुभयो ।

१९९१ सालमा मन्दिर निर्माण गर्दा तामाकै छानो प्रयोग गरिएको भएपनि पछाडी ढुङ्गाले छाइएको थियो । ढुङ्गा फुटेर चुहिन थालेपछि गुठी संस्थान, कालिका भगवनी गुठी र बुटवल निवासी रामबहादुर श्रेष्ठको आर्थिक सहयोगमा मन्दिरको पुनःनिर्माण गरिएको खड्काले जानकारी दिनुभयो । गुठी व्यवस्थापन समितिले तयार गरेको पञ्चवर्षीय कार्ययोजनाअनुसार मन्दिरको छाना तामाले छाइएको हो ।
छानो निर्माणका लागि गुठी संस्थान केन्द्रीय कार्यालयबाट २३ लाख, बुटवल निवासी रामबहादुर श्रेष्ठबाट सात लाख र अन्य गुठी व्यवस्थापन समितिको लगानीमा निर्माण गरिएको हो ।

बागलुङ जिल्लाको प्रसिद्ध कालिका भगवती मन्दिरको विकास गर्ने गुरुयोजना अनुसार कालिका मन्दिर परिसर वरिपरि ढलान गरी सेलेट ढुंगा बिच्छाइएको छ । नेपालकै प्रसिद्ध शक्तिपिठ मानिने कालिका भगवती मन्दिरलाई व्यवस्थित र धार्मिक पर्यटकीय स्थलमा विकास गर्नको लागि ल्याएको गुरु योजनाअन्तर्गत मन्दिर परिसरदेखि माथिल्लो गेटसम्मको सडक भने समितिले एक वर्ष अघि नै ढलान गर्ने काम सम्पन्न भईसकेको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}