Home » » यात्रुबस पल्टिएर आगो लाग्यो, ८ को मृत्यु, १२ जनाको उद्धार

यात्रुबस पल्टिएर आगो लाग्यो, ८ को मृत्यु, १२ जनाको उद्धार

नेपालगन्ज । दाङसँग सीमा जोडिएको बाँके कुसुमको चपरगौरीमा मंगलबार साँझ यात्रुबाहक बस पल्टिएर आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । सातजनाको घटनास्थलमै र एक बालकको उपचारको क्रममा दाङमा मृत्यु भएको हो । उद्धार गरिएका १२ जना यात्रुको नेपालगन्जमा उपचार भइरहेको छ । लु१ख ५८२८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त पन्तका अनुसार उक्त बसभित्र ५० जनाभन्दा बढी यात्रु थिए । बसमा ग्यासको सिलिन्डर र पेट्रोल रहेकाले बस पल्टिएपछि सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । बस बुटवलबाट नेपालगन्जतर्फ जाँदै गरेको थियो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}