Home » » करणी मुद्दामा फरार आरोपित छ महिनापछि पक्राउ

करणी मुद्दामा फरार आरोपित छ महिनापछि पक्राउ

खोटाङ, २५ असोज । जबर्जस्ती करणी मुद्दामा फरार रहेका खोटाङका एक आरोपित छ महिनापछि पक्राउ परेका छन् । गत चैत–१ गते राति एक महिलालाई जबर्जस्ती आफ्नै कोठामा लगेर करणी गरेको मुद्दामा फरार रहेका जालपा–९ का ४६ वर्षीय भूमिराज राई पक्राउ परेका हुन् । पीडित महिलाको दाजुले दिएको उजुरीका आधारमा उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयबाट गएको विशेष टोलीले उनलाई घरैबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । जिल्ला अदालतको आग्रहमा प्रहरीले राईलाई पक्राउ गरेर अदालतसमक्ष पेस गरेको छ । प्रतिवादी राईको नाममा वारेन्ट जारी गर्दै अदालतले पक्राउ गरेर आफूसमक्ष पेस गर्न प्रहरीलाई गत वैशाख ७ गते पत्राचार गरेको थियो । रासस

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}