Home » » यस्तो छ ओलीको छ दशक लामो राजनीतिक जीवन यात्रा

यस्तो छ ओलीको छ दशक लामो राजनीतिक जीवन यात्रा

काठमाडौ-
वि.सं. २००८ चैत ११ गते जन्मेका ओलीको राजनीतिक जीवनमा धेरै उतारचढाव छन् । कुनै बेला सशस्त्र संघर्षका सूत्रधार ओलीको ४० वर्षे राजनीतिक यात्राको यो उच्च पद हो ।
६४ वर्षअघि इवा २, तेह्रथुममा शनिबार जन्मेका खड्ग प्रसाद ओली (केपी शर्मा ओली) । संयोग हिजो शनिबार ओलीका लागि त्यस्तो समय जुर्यो नेपालका ३८औं प्रधानमन्त्रीका रुपमा निर्वाचित हुने समय । उनको प्रधानमन्त्री मनोनयन दर्तासँगै प्रधानमन्त्री बन्ने साइट जुर्यो ।


आमा स्व. मधु ओली र बुवा मोहनप्रसाद ओलीका जेठा पुत्र केपी । ओलीको पारिवारिक जीवनमा श्रीमती राधिका शाक्य । भाइ तथा बुहारी जयप्रसा र इन्दिरा ओली । दिदीबहिनी विष्णुमाया, कौशिला र राजु । राजनीतिक वृत्तमा सधै ओली कहिले गुटमा कहिले शक्ति केन्द्रमा हुँदै पछिल्लो पटक पार्टी अध्यक्ष बनेपछि राजनीतिक केन्द्रबिन्दुमा ।
अस्थायी निवास शरणामती– ६, झापा हुँदै अहिले स्थायी निवास अनन्तलिङ्गेश्वर– २, बालकोट भक्तपुर, बनाएका ओली त्यहाँ बसेपछि नामै कहलियो बाल्कोट । झापाबाट २०६४ को पहिलो संविधानसभा चुनावबाट पराजित भएपछि उनी उत्तिकै चर्चामा रहे ।
७५ वटै जिल्ला पुगेर राजनीति गरेका ओली नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्छन । व्याग्यात्मक शैलीमा विरोधीलाई शब्दले घोँच्न सक्ने वाक शक्ति छ उनमा । मध्यमवर्गी बाहुन, क्षेत्रीहरु उनका बढि प्mयान हुन । अहिले प्रधानमन्त्री बन्ने समय आएपछि ओलीका तिखा, वाक्य बजारमा चर्चा छैनन् । लाग्छ ओली अब सबैको साझा बन्ने छन् ।
मित्र राष्ट्रहरू चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस, बेलारुस आदि राष्ट्रमा उनले भ्रमण गरिसकेका छन् ।
राजनीतिक दल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)
वर्तमान जिम्मेवारी
अध्यक्ष, नेकपा (एमाले) २०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशन
नेता, संसदीय दल, नेकपा (एमाले), ९२०७० माघ २१ म सम्पन्न निर्वाचन।
संविधानसभा सदस्य– क्षेत्र नंः ७, झापा ९२०७० मंसीर ४ को संविधानसभा निर्वाचन०
राजनीतिक यात्रा
२०२३ साल, माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त ।
जिम्मेवारी बहन २०२५ सालबाट— तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई नेतृत्व गरेको ।
नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त २०२६ साल ।
२०२६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीकोे उप–सचिवको जिम्मेवारी बहन ।
२०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोशी प्रान्तीय कमिटीसँग एकीकरण ।
२०२८ साल वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग ।
२०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा विद्रोह’ आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी बहन
जेल जीवन
पहिलो पटक २०२७ फागुन १६ गते आइतबार, झापाबाट गिरफ्तार ।
पहिलो गिरफ्तार झापा पुलिस थानामा ।
२०२७ र २०३० का बिचमा पटक पटक गरी १० पटक बढी गिरफ्तारी ।
जेल यात्राको १४ वर्षे अध्याय
२०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ ।
पहिलो भोगाई रौतहट गौर जेल, गौर थाना, २ दिन मात्र ।
त्यसपछि वीरगञ्ज थाना वीरगञ्ज जेलमा चलान ।
२०३० मंसीर ८ गते भद्रगोल जेल काठमाडौंमा चलान ।
३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान ।
२०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा । र, त्यसपछि गोलघर बाहिर ।
२०३३ साउनमा नख्खु जेल चलान ।
२०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै ।
२०३६ जेठमा गोलघर बाहिर ।
२०३७ चैतमा पुनः नख्खु जेल चलान ।
२०३९ माघ ३ मा पोखरा जेल चलान ।
२०४२ कात्तिकमा स्याङ्जा जेल चलान ।
२०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान ।
०४३ माघ १२ मा भद्रगोल जेल चलान ।
२०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा ।
तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०५८ माघ १९ को ‘कू’ सँगै नजरबन्दी ।
जेलमुक्त भएपछि राजनीतिक जीम्मेवारी बहनः
२०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा ९माले० को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी ।
२०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन ।
२०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष ।
२०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा (एमार्ले) स्थायी कमिटी सदस्य ।
राज्यतहमा बहन गरिएका विभिन्न समयका विभिन्न जिम्मेवारी
२०४८ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नंम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित ।
२०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित ।
२०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सारकारमा गृहमन्त्रीको जिम्मेवारी बहन ।
२०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित, साथै, नेकपा (एमाले) दलको उपनेता चयन ।
२०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीका रुपमा जिम्मेवारी बहन ।
२०७० मंसीरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वाचित ।
विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी बहन गरेको ।
विभिन्न समयका आन्दोलन तथा विचारधारा निर्माणमा खेलिएका महत्त्वपूर्ण भूमिकाहरुः
२०२७ सालको झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र हतियारबद्ध संघर्ष गर्ने वा शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा उहाँले शान्तिपूर्ण संघर्षको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेको । फरक मत राखेरै पनि पार्टीको निर्णय शिरोधार्य गरी सशस्त्र संघर्षमा होमिएको ।
२०३० सालदेखि २०४४ सालको जेल जीवनको लामो अन्तरालमा विभिन्न माध्यमद्वारा पार्टी जीवन सञ्चालन र संघर्षका कार्यक्रमबारे उहाँले लिखित पत्रका माध्यमद्वारा सुझावहरु पठाएको हाल समयक्रमसँगै ती सुझावहरु दिए ।
२०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त बाममोर्चाका तर्फबाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेको ।
२०४९ सालमा सम्पन्न नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय माहाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादी कार्यक्रम निर्माणका सिलसिलमा कमरेड मदन भण्डारीलाई सो कार्यक्रम तयार गर्न अहं भूमिका निर्वाह गरेको ।
२०५९ सालमा भएको नेकपा (एमाले) को सातौँ राष्ट्रिय महाधिवेशनमा कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा उनले बहस गरे ।
आफ्नो राजनीतिक जीवनको यात्रासँगै लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आए।
हालै जारी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणदेखि राष्ट्रिय एकता र राष्ट्रियताका सवालमा नेतृत्वदायी भूमिका निर्वाह गरी प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् ।(एभरेष्ट दैनिकबाट)

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}