Home » » प्रधानमन्त्री कोइराला राजीनामा दिंदै : राष्ट्रपतिबाट सहमतीय सरकारको आव्हान हुने (शेयर गरौं)

प्रधानमन्त्री कोइराला राजीनामा दिंदै : राष्ट्रपतिबाट सहमतीय सरकारको आव्हान हुने (शेयर गरौं)

संविधान जारी गरेपछि बस्ने संसदको पहिलो बैठकमा राजीनामा दिएर एमालेको नेतृत्वमा नयाँ सरकार गठनको ढोका खोल्ने सहमति भएअनुसार प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार पाँच बजे बस्ने संसदको बैठकमा राजीनामा दिनुहुने भएको छ ।

बिहानसम्म राजीनामा नदिएर राजीनामा दिने प्रतिबद्धता मात्र प्रधानमन्त्री कोइरालाबाट आउने समाचार ववरणहरु सार्वजनिक भए पनि उहाँले राष्ट्रपति डा रामवरण यादवलाई भेटी संविधान बमोजिम नयाँ प्रधानमन्त्री चयन गर्नका लागि आह्वान गर्न आग्रह गर्ने गर्नुहुने भएको छ ।
कोइरालाले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा यो कुरा जानकारी गराउनुभएको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो ।
राष्ट्रपतिले संविधान बमोजिम ७ दिनभित्र संसदमा रहेका दलहरुलाई सहमतिको सरकार निर्माणका लागि आह्वान गर्नुहुनेछ । ७ दिन भित्र संसद्मा रहेका सबै दलको सहमतिमा मात्रै सहमतिको सरकार बन्न सक्छ ।
एउटा दलको मात्रै असहमतिमा पनि सहमतिको सरकार बन्न सक्दैन । सर्वसहमति नभएमा राष्ट्रपतिले संसद्मा रहेका दलहरुलाई बहमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न आह्वान गर्नुहुनेछ ।
मुलुकको राजनीतिक र सामाजिक परिस्थितिले सहमतीय सरकार ठनको ढोका लगभग खुलिसकेको छ । कुनै आन्तरिक र बाह्य चलखेल भएन भने एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सहमतीय सरकार गठन हुनेछ । सो सरकारमा संसदको चौथो ठूलो शक्ति राप्रपा नेपालको समेत सहभागिताको अपेक्षा गरिएको छ ।
यसै गरी सरकारले मधेशी मोर्चाले आन्दोलन चलाइहेका विषयहरुको सम्बोधन गर्ने गरी संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गर्दैछ । यो प्रस्तावसंगै तराईमा मच्चेको आन्दोलन मत्थर हुने सम्भावना छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}