
|
|
टिओके संवाददाता ।
पोख्रेल, घर्ती र महरामध्येमा नै छानिने संभावना ।
सत्तारुढ प्रमुख दुई दलको सहमति अनुसार सभामुख पद एनेकपा माओबादीले पाउने निश्चित भएको छ । तर एनेकपा माओबादीले कस्लाई सभामुख बनाउने भन्ने संवन्धमा निर्णय गरिसकेको छैन ।
एनेकपा माओबादीमा सभामुखकोलागी सवैभन्दा बढी चर्चा महासचिव कृष्णबहादुर महराको हुँदै आएको छ । तर माओबादी स्रोतका अनुसार महराले सभामुख पद इन्कार गरेका छन् । सभामुख भएपछि राजनीतिक भविश्य सकिने भन्दै चौतर्फी सल्लाह र सुझाव प्राप्त भएपछि महराले सभामुख इन्कार गरेको पार्टी स्रोत बताउँछ ।
त्यसोभए को हुन्छ त सभामुख ? भनिन्छ, माओबादीले महिलालाई सभामुख बनाएर नयाँ इतिहास कोर्दै छ । माओबादीमा अहिले सवैभन्दा माथिल्लो तहमा पुगेकी महिला हुन् ओनसरी घर्ती । उनी भर्खरै उपसभामुखवाट राजीनामा दिएर बसेकी छन् ।
महराको सट्टा अर्को ब्यक्ति को हुन सक्छ ? पार्टीभित्र सर्वमान्य ढंगले लिने नाम हुन् प्रमुख सचेतक गिरिराजमणि पोखरेल । कानुन जानेका, अध्ययनशील र शालिन छवी वनाएका पोखरेल सभामुखकोलागी उपयुक्त उम्मेदवार मानिन्छन् ।
प्रस्तुत छ, सभामुखकोलागी यिनै मध्येका संभावित ३ अनुहार । को–किन ?
गिरिराजमणि पोखरेल
पार्टी सचिव । प्रमुख सचेतकको रुपमा कार्यरत । कानुन जानेका । नारायणकाजी श्रेष्ठ समूहका नेता । सालिन र भद्र नेता । अध्ययनशील । स्वच्छ छवी ।
ओनसरी घर्ती
पहिलो महिला सभामुखको रुपमा नयाँ इतिहास बनाउन सकिने । उपसभामुखको रुपमा अनुभव संगालीसकेको । पार्टी सचिव बर्षमान पुनकी श्रीमती । चलाख र पार्टी संस्थापनमा प्रिय ।
कृष्णबहादुर रायमाझी
पार्टी महासचिव । संस्थापनतर्फ दोस्रो बरियताका नेता । सालिन, भद्र र अध्ययनशील । पार्टी भित्रभन्दा वाहिर प्रिय । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासी ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |




