
|
|
यो समयमा इन्टेरनेट सर्फिंग / च्याटिङ नगर्ने किशोरकिशोरीहरू नगन्य मात्र होलान्। फेसबुक, याहु, जिमेल आदिका माध्यमबाट एकअर्कामा च्याट गर्नेहरू धेरै छन्। इन्टरनेटको सहज पहुँच तथा शुलभताले पनि च्याटमा रमाउनेहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ। च्याटिङ पनि आफूले चिनेजानेको भन्दा नचिनेको मान्छेसँग धेरै गर्ने चलन छ। च्याटपश्चात् एकअर्कामा फ्रेन्डसिप रहने गर्छ। त्यसैले धेरै साथी बनाउनेहरूका लागि इन्टरनेट च्याटिङ बरदान नै सावित भएको छ। तर, पछिल्लो केही समययता च्याटिङ साथी बनाउनका लागि मात्र नभई सेक्स सम्बन्ध बनाउन पनि प्रयोग गर्ने क्रम बढेको एक अध्ययनले देखाएको छ।
डेली मेलमा प्रकाशित खबरअनुसार प्लेमाउथ विश्वविद्यालयका एक टिमले गरेका अनुसन्धानले लण्डनमा इन्टरनेटको प्रयोग गरेर वास्तविक जीवनमा सेक्स पार्टनर बनाउनेहरू बढिरहेका छन्। प्राध्यापक एडी फिप्नेनको नेतृत्वको सो अनुसन्धान टोलीले १६ देखि २४ वर्षका युवायुवतीहरूमा यो अध्ययन गरेको थियो। जसमध्ये प्रत्येक दशमा एक सहभागीले इन्टरनेटबाटै सेक्स पार्टनर फेला पारेको बताएका थिए। कतिपयले उपयुक्त सेक्स भने कतिपयले पार्टनर खोजिरहेको जानकारी दिएका थिए। त्यस्तै, अध्ययनमा सहभागीमध्ये ८० प्रतिशतले सेक्सका लागि पहिलो प्रस्ताव फोन तथा इन्टरनेटबाट राखेको बताएका थिए।
सेक्स कहिले गर्ने?
मानवीय जीवनमा सेक्सको महत्वपूर्ण स्थान छ। संसारको रित चलाउन मात्र होइन्, जीन्दगीमा भरपुर आन्नद लिन पनि सेक्स अनिवार्य छ। त्यसैले सेक्स बिनाको जीवन परिकल्पनासम्म गर्न सकिँदैन्। तर, कहिलेकहीँ मानिसको पूरा जीन्दगी सेक्सकै कारण बर्बाद भइरहेको हुन्छ। बरदान मानिने सेक्स अभिसापसिद्ध हुन्छ। त्यस्तै, भरपुर सन्तुष्टिका लागि गरिने सेक्सले जीन्दगीभर पीडा दिन्छ। त्यसकारण सेक्स गर्नु पहिले होशीयारी अपनाउनु जरुरी छ।
उचित समय, स्थान र तथा पार्टनरबिना नै सेक्स गरियो भने त्यसबाट पश्चताप गर्नुको विकल्प हुँदैन्। त्यसैले यहाँ सेक्स कस्तो बेलामा गर्दा फाइदा पुग्छ भन्ने केही टिप्स प्रस्तुत गरिएको छ। पहिलो कुरा त, सेक्स शारीरिक मात्र नभई मानसिक सम्बन्ध पनि हो भनी बुझ्नु जरुरी छ। त्यसैले सेक्स गर्नुपूर्व जोडी मानसिक रूपमा एकअर्कामा समर्पित हुनुपर्छ। सेक्सबाट भरपुर आनन्द लिने अर्को उपाय भनेको आफ्नो पाटर्नरको बारेमा धेरैभन्दा धेरै जानकारी लिनुपर्छ। उसलाई मन पर्ने/नपर्ने कुराको बारेमा थाहा पाइयो भने सेक्स सम्बन्ध अझ मजबुत हुन्छ। यस्तै, सेक्स कहिले पनि हतारिनु हुँदैन्। उपयुक्त वातावरण नमिलाई सेक्स गरियो भने निरर्थक हुन्छ। सेक्स गर्ने कोठामा मधुर संगीत बजाइयो भने पनि सेक्स अझ रसिलो हुने यौन विशेषज्ञहरूको दाबी छ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

