Home » » भारतलाई राष्ट्रसंघबाटै पाकिस्तानको चेतावनी 'नेपालको पक्षमा बोल्यो पाकिस्तान'

भारतलाई राष्ट्रसंघबाटै पाकिस्तानको चेतावनी 'नेपालको पक्षमा बोल्यो पाकिस्तान'

काठमाडौं, १४ असोज । भारत र पाकिस्तानको दुश्मनी संयुक्त राष्ट्रसंघको महासभामा समेत छर्लङ भएको छ ।
विवादित राज्य जम्भू काश्मिरको मुद्दा र नेपालमाथि लगाएको नाकाबन्दी मुद्दामा पाकिस्तानले राष्ट्रसंघमै भारतमाथि आक्रोश पोखेको हो । महासभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले कुनै पनि प्रकारको बलको धम्की दिएर छिमेकीलाई नतर्साउन भारतलाई चेतावनी दिनुभयो ।
प्रधानमन्त्री शरीफले आफ्नो छिमेकीले पाकिस्तानमा अस्थिरता निम्त्याउन लागिपरेको आरोप लगाउनुभयो ।
पाकिस्तानले आतंकवादसँग जुधिरहेको र दक्षिण एशियामा शान्ति सुव्यवस्था कायम गर्न प्रयत्नरत रहेको शरीफले बताउनुभयो । गरीबी र शस्त्रीकरण भारत र पाकिस्तानका साझा समस्या भएकाले तिनीहरुसँग मिलेर जुध्न आग्रह गर्दै प्रधानमन्त्री नवाजले आफ्नो छिमेकीलाई कुनै पनि प्रकारको बल प्रयोग गरेर वा बल प्रयोग गर्ने धम्की दिएर नतर्साउन भारतसँग आग्रह गर्नुभयो । उहाँले नेपालको नाकाबन्दीको संयुक्त राष्ट्रसंघमा सांकेतिक उदाहरण प्रस्तुत गर्दै आफूलाई शक्तिशाली देखाउन साना देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिनुभएको हो । आफ्नो सम्बोधनका क्रममा शरिफले विवादित काश्मिर मुद्दालाई समेत राष्ट्रसंघ महासभामा जोर तोरका साथ उठाउँदै भारतविरुद्ध बोल्नुभएको थियो ।
Source: DainikNepal

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}