
|
|
टीकापुर, १५ असोज । कैलालीको मध्यवर्ती दोदोधरा गाविस वडा नं– ७ कट्टीपुरमा शुक्रबार साँझ करिव ५ बजे मोटोको ढिस्कोमा पुरिएर ६ जनाको मृत्यु गएको छ । दुई जनाको अवस्था गम्भीर रहेको छ ।
माटोको ढिस्कोमा पुरिएर मृत्यु हुने सबै १० वर्ष मुनिका बालबालिका रहेका छन् ।
इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लका अनुसार माटोको ढिस्कोमा पुरिएर मृत्यु हुनेहरूमा दोदोधरा गाविस वडा नं–७ कट्टीपुरका ६ वर्षीया ननिता न्यौपाने, दीपक प्याकुरेल, ७ वर्षीय सुशान्त सुनार, किरण सुनार, ९ वर्षीय मैंया भनिने सुमिता सुनार १० वर्षीय सीता प्याकुरेल रहेका छन् । मृतक सुमिता र सुशान्त दिदी भाइ हुन् ।
त्यस्तै सीता, दीपक, सुशान्त र समिता स्थानीय वालकन्या निम्न माध्यमिक विद्यालय कट्टीपुरका विद्यार्थी हुन् भने नमिता न्यौपाने सन राइज इग्लिश बोर्डिङ्ग स्कुल सडकपुर बोनियामा अध्ययनरत थिइन् । ढिस्कोमा पुरिएर सोही गाउँका ३० वर्षीया जमुना खतिवडा र ३५ वर्षीया रत्ना खतिवडाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि उनीहरूलाई नेपालगञ्ज रिफर गरिएको छ । दशैंका लागि घर लिपपोत गर्ने माटो ल्याउन गएका उनीहरूको माटो झिक्दै गर्दा ढिस्कोमा पुरिएर ज्यान गएको हो । ढिस्कोले पुरिएपछि स्थानीय वासिन्दाले उद्दार गरी स्थानीय वर्दगोरिया अस्पतालमा ल्याइ पुराएका थिए । अस्पताल ल्याउँदै गर्दा उनीहरू सबैको बाटो मै ज्यान गइसकेको अस्पतालले जानकारी दिएको छ ।
समाचार र तस्बिर सौजन्य कर्ण कुँवर
Source: DainikNepal

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

