
|
|
काठमाडौं । नेपालमा भारतीय सरकारले अघोषित रुपमा नाकाबन्दी कायम राखे भारतीय सेनाका गोर्खा बटालियनहरुले चुपचाप सहेर नवस्ने चेतावनी दिएका छन् ।
भारतीय सीमा रक्षाका लागि भारतीय सेनाले लड्न नसकेको विकट र कठीन ठाउँहरुमा नेपाली गोर्खा सेनाले लडेको इतिहास बिर्सिएर भारतीय नेताहरुले नेपालमा नाकाबन्दी गरेकोमा गोर्खा सैनिकहरुले विरोध जनाएको उच्च स्रोतले जनाएको छ ।
नेपाली जनताको महान चाडको वेलामा र भरखरै भूकम्पले थिलथिलो वनाएको वेलामा नेपाललाई अघोषित नाकाबन्दी गरेर थप पीडा दिइरहेमा भारतीय सेनाको गोर्खा बटालियनले चुप लागेर नबस्ने चेतावनी दिएको श्रोतको भनाई छ ।
उक्त श्रोतका अनुसार अहिले भारतले मधेशीहरुलाई मात्र च्यापेर जसरी अनैतिक नाकावन्दी गरिरहेको छ, भारतीय गोखौ वटालियनको पनि अब देखि विघटन गरेर मधेशी वटालिएन वनाओस र पाकिस्तान वा चीनसंग लड्न पठाओस भन्ने आवाज उठ्न थालेको छ ।
श्रोतको भनाइ छ, गोर्खा सिपाहीहरुले भारतलाई वलियो वनाएर नेपालमा नाकावन्दी गर्नका लागि आफ्नो रगत वगाएका होइनन् भन्ने आवाज भारतीय गोर्खा सेनामा उठ्न थालेको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

