Home » » अपराधका नयाँ-नयाँ शैलीः खुर्सानीको धुलो छरेर ६ लाख लुटने प्रयास

अपराधका नयाँ-नयाँ शैलीः खुर्सानीको धुलो छरेर ६ लाख लुटने प्रयास

काठमाडौं-आँखाका खुर्सानीको धुलो छरेर ६ लाख लुटन खोज्ने युवक पक्राउ परेका छन् । बुधबार दिउसो जोरपाटीमा सहकारीकी कर्मचारी लुटन खोज्ने विराटनगर-१३ घर भएका विवेक धिताललाई प्रहरीले पक्राउ गरेको छ । धितालले विश्वज्योती बचत तथा ऋण सहकारीमा कार्यरत लक्ष्मी तिवारीलाई लुटन खोजेका थिए । 


बुधबार मध्यान्ह जोरपाटीमा बाटो कुरेर लुटने प्रयास गर्दा महिलाले प्रतिकार गरेपछि उनी असफल भए । स्थानीयको सहयोगमा तत्कालै उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत वौद्धका प्रमुख डिएसपी नरहरि रेग्मीले बताए । प्रतिकार गर्ने क्रममा महिलाको घाटीमा चोट लागेको छ । खुर्सानी हाल्दा पनि लुटन नसकेपछि धितालले प्लेटले महिलाको घाटीमा प्रहार गरेका थिए । खुसार्नी लिएरै उनी बाटोमा लुट्न बसेका थिए । 'दुई चार दिन अघिदेखि नै निगरानी गरेर लुट्ने योजना बनाएको देखियो,' वौद्ध वृतका डिएसपी रेग्मीले भने, 'बैकबाट सधैं पैसा लिएर आउने गरेको थाहा पाएपछि उनले लुट्ने योजना बनाएको देखिन्छ ।' तिवारीले बैकबाट ६ लाख रुपैयाँ निकालेर सहकारीतर्फ जाने क्रममा लुट्ने प्रयास गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}