Home » » भारतीय सरकारी गेष्ट हाउसमा बसेर महतोले चर्काए हिंश्रक आन्दोलन, नेपाली युवा काटिए

भारतीय सरकारी गेष्ट हाउसमा बसेर महतोले चर्काए हिंश्रक आन्दोलन, नेपाली युवा काटिए

भैरहवा, असोज २० । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा सीमापारीबाट भारतीय भूमि तथा भारततर्फको दशगजामा रहेका मोर्चाका कार्यकर्ताले हिंश्रक प्रदशन गरिरहेका छन् ।

उग्र प्रदर्शनकारीले नेपालबाट किनमेलका लागि भारत गएका एकजना युवालाई समेत सांघातिक आक्रमण गरेका छन् । नेपाली युवालाई धारिलो हतियार प्रयोग गर्दै शरीरका बिभिन्न भाग काटेका छन् । युवकको अवस्था गम्भीर छ ।


अध्यक्ष महतो मंगलबार राति त्यहाँ पुगेका थिए । उनलाई भारत सरकारले सरकारी गेष्ट हाउसमा बस्न दिएको छ ।

भारतीय भूमिमा प्रदर्शन गर्ने क्रममा मोर्चा कार्यकर्ताहरुले अहिले नेपाली सुरक्षाकर्मीमाथि ढुंगा बर्साइरहेका छन् ।

भारतीय सुरक्षाकर्मीको आड र संरक्षणमा हिंश्रम प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताले गुलेलीबाट समेत गुच्छा हानिरहेका छन् ।

मोर्चाका कार्यकर्ताको प्रदर्शनपछि बेलहिया नाका ठप्प रहेको छ । यो नाकाबाट बुधबार बिहानैदेखि कुनै पनि मालवाहक साधन भित्रेका छैनन् ।

मंगलबार राति नै भारतीय सरकारको गेस्ट हाउसमा पाहुना बनेका राजेन्द्र महतोको सुरक्षाका लागि त्यहाँ दोब्बर बढी भारतीय सुरक्षाकर्मी खटाइएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}