Home » » राजधानीमै सामुहिक बलात्कार (पिडित बालिकाको बयान सहित)

राजधानीमै सामुहिक बलात्कार (पिडित बालिकाको बयान सहित)

काठमाडौं, असोज २३ । नेपालमा पनि सामूहिक बलात्कारका घटना वेलावेला सार्वजनिक हुन थालेका छन् । तीन साताअघि नेपालकै राजधानीमा पनि एउटा सामूहिक बलात्कारको घटना भयो ।मध्यराति ट्याक्सी खोजिदिने बहानामा एक १५ वर्षीया बालिकालाई चार युवकले एकान्तस्थलमा सामूहिक बलात्कार गरे । ललितपुर उपमहानगरपालिकाभित्र पर्ने सुनाकोठीको टुटुल्केभिरनजिकै यो घटना भएको हो । तर, प्रहरी १० घन्टाभित्रै चारैजना अभियुक्तलाई पक्राउ गर्न सफल भयो ।

अनेकौँ सपना बोकेर ८ कक्षा पढ्दापढ्दै जागिर खोज्न उनी सहर छिरेकी थिइन् । आफन्तको डेरामा बसेर रेस्टुरेन्टमा काम गर्ने उनी २८ भदौमा फुपू नाता पर्ने आफन्त र साथीसँग सुनाकोठीमा लाग्ने जात्रा हेर्न गएकी थिइन् । तर, त्यही जात्राको दिन उनको जीवनमा कालो दिन बनेर आयो ।

फुपू नाता पर्नेको कोठामा फुपूका ब्वाइफ्रेन्डले दुव्र्यवहार गरेपछि उनी कपन फर्कन खोजेकी थिइन् । फुपूदिदीका ब्वाइफ्रेन्ड राकेश मगरले उनलाई ट्याक्सी खोजिदिने आश्वासन दिए । तर, राकेशको भर पर्दा उनी लुटिइन् । एकान्तस्थलमा लगेर मगर र उनका तीनजना साथीले उनलाई पालैपालो बलात्कार गरे ।

दोस्रो चरणमा फेरि बलात्कार गर्न खोज्दा उनी ट्वाइलेट जाने भनेर मध्यराति खेतैखैत भागिन् । भाग्ने क्रममा उनीसँग कम्मरमुनिको कपडासमेत थिएन । राति अपरिचित व्यक्तिको घरमा शरण मागेर आफूलाई बचाइन् । भोलिपल्टबाटै प्रहरीले अनुसन्धान थाल्यो ।
बलात्कार गर्ने मगरसहित विशाल स्याङ्तान, अम्बरबहादुर मगर र मिलन महर्जनलाई प्रहरीले पक्राउ गर्‍यो । महर्जनलाई घरबाट र अन्य तीनजनालाई सुन्धाराबाट भोलिपल्टै पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी गोविन्द आचार्यले बताए । ‘पक्राउ परेका सबैले बलात्कार गरेको स्विकारेका छन्,’ डिएसपी आचार्यले भने, ‘हामीले सम्पूर्ण अनुसन्धान पूरा गरी शुक्रबार मुद्दा दायर गरेका छौँ ।’

बालिकाको बयान
‘चारजनाले पालैपालो करणी गरे’
मेरो स्थायी घर दोलखा हो । अहिले काठमाडौंको कपनमा बस्दै आएकी छु । एक महिना नेना श्रेष्ठ दिदीको होटेलमा काम गरेँ । गत महिना होटेल बन्द भएपछि नेना दिदीकै डेरामा बस्दै आएकी छु ।

लतिलपुरमा मेरो फुपू नाता पर्ने कल्पना र सुशीला श्रेष्ठ बस्नुहुन्छ । २८ गते म जात्रा हेर्न भनेर उहाँहरूकै डेरामा गएकी थिएँ । दिउँसो करिब २ बजे पुगेकी थिएँ । उहाँहरूकै डेरामा खाना खाइसकेपछि हामी सबैजना सुनाकोठी बजारमा लाखे जुधाउने जात्रा हेर्न गएका थियौँ । तीन घन्टाजति जात्रा हेरेपछि राति १० बजे हामी डेरामा फर्कियौँ । सबै त्यहीँ सुत्ने कुरा भयो । एक घन्टाजति गफगाफ गरी बसेपछि मलाई कल्पना फुपूका ब्वाइफ्रेन्डलगायत केटाहरूले छाडा कुरा गर्ने, मेरो शरीरमा हात लगाई जिस्कनेजस्ता क्रियाकलाप गरे । त्यसपछि मलाई त्यहाँ बस्न उचित लागेन । मैले कपन बस्ने दिदीलाई फोन गरी आउँछु भनेँ ।
दिदीले आफ्ना प्रेमी पासाङलाई मलाई लिन पठाएको बताइन् । तर, धेरै बेरसम्म पनि पासाङ आएनन् । दिदीको फोनसमेत लागेन । त्यसपछि मैले राकेश भन्नेलाई ‘ट्याक्सी पाइँदैन’ भनेर सोधें । उसले आफ्नो चिनेको साथीको ट्याक्सी भएको भन्दै ‘फोन गर्छु’ भने बाहिर गयो ।
ऊसँगै अरू तीनजना केटा पनि बाहिर गए । आन्दाजी १० मिनेटपछि राकेश मगरभित्र आयो । ‘ट्याक्सी आइपुग्न लाग्यो जाऔँ’ भनेपछि म बाहिर निस्किएकी थिएँ । कल्पना फुपूले ‘नजाऊ’ भन्दै हुनुहुन्थ्यो । तर, मलाई त्यस ठाउँमा बस्नै मन नलागेर हिँडेकी हुँ ।

उनीहरूले ट्याक्सीमा पठाउन सहयोग नै गर्लान् भन्ने सोचेकी थिएँ । विश्वास मानेर राकेश मगरसँग गएकी हुँ । अलि पर पुगेपछि अरू केटासँग पनि भेट भयो । उनीहरूले मलाई ‘ट्याक्सी आउने बाटो यही हो’ भन्दै चौरमा पुर्‍याए । मलाई शंका लागेपछि ‘किन यता ल्याएको’ भनेँ । ‘यतै त हो, हिँड’ भन्दै धकेल्दै चौरमा पुर्‍याए ।
‘ट्याक्सी यहीँ आउँछ, बसौँ’ भनेपछि म पनि चौरमै बसेँ । राकेश मगर मेरो छेउमा बसी अँगालो हाल्यो । मैले ‘यो के गरेको’ भनेँ । ‘रमाइलो गरेको नि, यति पनि थाहा छैन’ भन्दै मेरो शरीरभित्र हात लगायो । सोही क्रममा अर्कोले मेरो हात समायो । त्यसको नाम अम्बरबहादुर मगर रहेछ, पछि थाहा भयो । उसले मेरो शरीरमा समाई चल्न दिएन । अरू दुईजना विशाल स्याङ्तान र मिलन महर्जनले मेरो पाइन्ट र पेन्टीसमेत खोलिदिए ।

म कराउने कोसिस गरेँ । मेरो मुख हातले बन्द गरी मलाई कराउनसमेत दिइएन । मलाई राकेशले गालामा थप्पड हिर्कायो । मेरो मुख तथा आँखासमेत उनीहरूले हातले छोपिदिई पालैपालो जबर्जस्ती गरे । सुरुमा अम्बरबहादुर मगरले करणी गरेको हो । त्यसपछि अन्य तीनजनाले पनि पालैपालो करणी गरे । उनीहरूमध्ये एकजनाले कन्डम लगाएकोजस्तो लाग्छ । अन्यले के गरे, मलाई थाहा भएन । म रोई–कराई गर्दा पनि उनीहरूले मलाई करणी गर्न छाडेनन् ।
पछि, कसैलाई बताएमा ज्यान मार्ने धम्कीसमेत दिए । म डरले केही बोल्न सकिनँ । फेरि पनि केही समयपश्चात् करणी गर्नका लागि सल्लाह गर्न थाले । मैले आफूलाई दिसा लागेको बताएँ । दिसा गर्न जान्छु भनेपछि मलाई छाडिदिए । सोही बहानामा म नजिकै रहेको खोलामा गएँ । त्यहाँबाट धान खेततिर भागेँ । मध्यरात भएको थियो । अँध्यारोमा भाग्दै करिब दुई किलोमिटर टाढा पुगेँ ।

दुई किलोमिटर टाढा पुगेपछि जस्ताले बारेको घरमा पुगी रोई–कराई गरी ढोका खोल्न लगाएँ । दिदीहरूले ढोका खोल्नुभयो । त्यो दिदीलाई चिनेकी थिइनँ । सोही दिदीलाई सम्पूर्ण कुरा बताइदिएँ । दिदीले नै प्रहरीलाई खबर गरिदिनुभयो । त्यहीँबाट मलाई प्रहरीले कार्यालयमा पुर्‍याएको हो । मलाई अनेक प्रपञ्च रची एकान्तस्थलमा पुर्‍याएर जबर्जस्ती करणी गर्नेलाई हदैसम्मको कारबाही हुन्छ भन्ने अपेक्षा गरेकी छु ।

-आजको नयाँ पत्रिका दैनिकबाट साभार

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}