
|
|
सहमतिअनुसार संविधान जारी भइसकेपछि प्रधानमन्त्रीका रूपमा केपी ओलीले विस्थापित गर्ने भनिए पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार कोइरालाले आफूलाई नयाँ प्रधानमन्त्रीमा समर्थन गर्न सहयोगको याचना गरेका थिए ।
शनिबार साँझ प्रधानमन्त्री निवासमा कोइराला र एमाओवादी अध्यक्ष दाहालबीच भेट भएको थियो । दुई नेताबीच भएको छलफलमा कोइरालाले पहिलोपटक मुख खोलेर आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठन गर्न एमाओवादीलाई आग्रह गरेका हुन् ।
नयाँ सरकार गठनका लागि राष्ट्रपति रामवरण यादवले दलहरूलाई आह्वान गरेको दोस्रो दिन कोइरालाले आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत सुरु गरेका हुन् । ‘प्रधानमन्त्रीले कांग्रेस र एमाओवादी मिलेर बहुमतीय सरकार गठन गरौं भनेर प्रस्ताव राख्नुभयो’, एमाओवादी अध्यक्ष दाहाल निकट स्रोतले अन्नपूर्णसँग भन्यो ।
साँझ झन्डै एक घन्टा प्रधानमन्त्री कोइराला र दाहालबीच एक्लाएक्लै वार्ता भएको थियो । वार्तामा दाहालले भने सहमतीय सरकार गठनको आग्रह गरेको बताइएको छ । ‘अध्यक्षज्यूले तीन दलबीचको एकता र १६ बुँदे सहमतिको स्प्रिटअनुसार सहमतीय सरकार गठनको आग्रह गर्नुभएको थियो’, दाहालका स्वकीय सचिव चूडामणि खड्काले भने ।
स्रोतका अनुसार कोइरालाले एमाले नेतृत्वमा सरकार बनाउन मधेसी दललगायतका राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थनसमेत नहुने भएकाले संविधान संशोधन गरेर सबैको सहमति बनाउने गरी आफ्नो नेतृत्वमा नयाँ सरकार गठन आवश्यक भएको तर्क गरेका थिए । अाजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

