
|
|
माधब पराजुली, पर्वत २०७२ असोज १६ । पर्वत जिल्लामा कृषि बिकासको लागि यान्त्रिकरण अभियान सुरु भएको छ । फलेवास निवासी बरिष्ट कृषि विशेषज्ञ निलकण्ठ शर्मा लम्सालको पहलमा द्यत्ी एखत ीतम धोबिघाट ललितपुर र भारती इन्टर प्राइजेज बिरौटा पोखराको सहयोगमा र कृषि बिकास कार्यालय पर्वत र मोति सामुदायिक पुस्तकालय फलेवासको समन्वयमा यो अभियान सुरु भएको हो ।
यो अभियान अन्तरगत असोज १२ र १३ गते कुस्मामा जिल्लाका विभिन्न गाबिसका ५५ जना अगुवा कृषक र असोज १४ र १५ गते फलेवासमा खानिगाउ, देविस्थान, मुडिकुवा र शंकरपोखरी गाबिस का ३४ जना अगुवा कृषकहरुको सहभागीता रहेको थियो । दुई स्थानमा सन्चालन भएको दुई दिने सो तालिमको बिषय आधुनिक र ब्यबसायिक कृषिको लागि यान्त्रिकरण भन्ने रहेको थियो । जस अन्तरगत हाते ट्याक्टरको चिनारी, यसको उपयोग, बिशेशता, यसको प्रयोगबाट हुने फाइदा, प्रयोग गर्ने तरिका, यसका प्रमुख भागहरु तथा जगेडा यन्त्रहरु, पुर्व सावधानी तथा संचालन गर्दा ध्यान दिनुपर्ने कुरा, हाते ट्याक्टर जडान, चलाउने विधि तथा जोताइ, समस्या तथा सामान्य मर्मत सम्भारको बारेमा बरिस्ठ कृषि विशेषज्ञ निलकण्ठ शर्मा लम्सालले किसानहरुलाई जानकारी गराएका थिए ।
सो तालिममा गोरुको प्रयोग र हाते ट्याक्टरको प्रयोग गर्दा हुने खर्चको हिसाब किताब र नाफा नोक्सान बारे पनि अवगत गराइएको थियो । गोरु पाल्न खर्चिलो छ र गोरु पनि महगा छन । युबा जति खाडी र मलेसियामा पुगे । ज्यामी पाइदैन र पाए पनि ज्याला महगो छ र मान सम्मान चाकरी र सेवा बढी चाहिने भयो । खेती नगरे के खानु बरिष्ठ कृषि विशेषज्ञ निलकण्ठ शर्मा लम्सालले भने त्यसैले हामी पनि यान्त्रिकरणमा लाग्नै पर्यो ।
सबै जात, धर्म, लिंग र बर्गका मानिसले आफ्नो अनुकुलले यो हाते ट्र्याक्टर चलाउन सक्छन । यसबाट जोत्न, धान रोप्ने जमिनको तयारी गर्न, ड्याङ बनाउन, आलु खन्न, पानी तान्न, बिजुली निकाल्न समेत सकिदो रहेछ । ठूलो ट्र्याक्टर नजाने ठाउँ र सानो गरा भएको भिरालो जमिनमा यो उपयोगी देखियो । किसानको लागि उपयुुक्त ट्याक्टरको तौल ७४९ ८५ के जी, क्षमता ६।५९ ९ हर्स पावर, र मूल्य रु ७० हजार देखि ९० हजार सम्मकोले एक घण्टामा एक लिटर इन्धनबाट एक रोपनी जमिन जोत्न सकिने लम्साल ले बताए ।
Source: Dhaulashree

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

