Home » » नाकाबन्दीपछि नेपालीलाई भारतले दियो अर्काे दुःख

नाकाबन्दीपछि नेपालीलाई भारतले दियो अर्काे दुःख

महेन्द्रनगर (धनुषा), १८ असोज । तराई मधेसमा आन्दोलनको कारण दखाउँदै नेपालमा अघोषित नाकाबन्दी गरिरहेको भारतले नेपाली नागरिकलाई अर्काे दुःख दिन थालेको छ । मधेस आन्दोलनको मौका छोपी भारतीय व्यापारीहरु नेपालीलाई ठग्दै दुःख दिन थालेका हुन् । 

तराई मधेसमा जारी अनिश्चितकालीन आम हडतालको मौका छोपी सीमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँसँग भारतीय रुपैयाँ साट्दा मनपरी शुल्क लिएर नेपाली नागरिकलाई ठगिरहेका छन् । बन्दका कारण बैंकहरु बन्द भएपछि सिमावर्ती भारतीय बजारमा सामान खरिद गर्न पुगेका सर्वसाधारणलाई मनपर्दी दररेटमा नेपाली रुपैयाँसँग भारु साट्दा मनपरी बट्टा शुल्क असुल्दै आएका छन् । 

भारतीय बजारमा हाल एक सय भारु लिनको लागि नेपाली १६८ देखि १७० रुपैयाँसम्म तिर्नुपरेको महेन्द्रनगर–२ का शशीभुषण गुप्ताको भनाइ छ । सीमावर्ती बासोपट्टी, जयनगर, दुहबी, भिट्ठाभोड, सुरसन्ड, कन्हवाँलगायत स्थानबाट दैनिक उपभोग्य वस्तु ल्याउने क्रममा त्यहाँका व्यापारीले सर्वसाधारण नेपालीलाई ठग्दै आएको गुप्ताले बताउनुभयो । रासस

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}